गीताले ल्याइन् प्रेम दिवसमा नयाँ कोसेली

Gita khatri

काठमाडौं । प्रेम दिवस नजिँकिदै गर्दा साहित्यकार गीता खत्रीको कथामा लघु चलचित्र ‘प्रेम दिवस’ सार्वजनिक भएको छ ।

नेपाली साहित्य फाँटमा थुप्रै रचनाहरु पाठकमाझ ल्याएकी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)की पूर्व अध्यक्ष गीताले प्रेम दिवसको पूर्व सन्ध्यामा लघु चलचित्र ‘प्रेम दिवस’ ल्याएकी हुन् ।

भकारी एमडिसीको प्रस्तुति रहेको ‘प्रेम दिवस’मा श्याम घिमिरे, नम्रता योगी, निशा पाख्रिन, जे. एन. घिमिरे लगायतका कलाकारको अभिनय छ । संजय पाण्डेको निर्देशनमा तयार भएको ‘प्रेम दिवस’लाई राजेन्द्र पाण्डेले छायाँकन र सम्पादन गरेका छन् ।

‘मायामा शंका हुन्छ स्वार्थ हुँदैन’ भन्ने प्रेमभावलाई समेटिएको यो लघु चलचित्र ‘प्रेम दिवस’मा राजु सिंहको संगीत र स्वरुपराज आचार्यको स्वर छ ।

प्रतिकृया दिनुहोस