हल्लाको पछि लाग्दा जिल्ला परे भागवत् टोलका भोलाराम

Dramaa 21

काठमाडौं । रुन खोज्छु जति हाँंसो उठ्छ उति यहाँं
खोई कसलाई सुनाउँं आफनो कुरा
सबैलाई हाँंसो उठ्छ यहाँं
कसकसको विपक्ष बनुँं खै
आफनै घरमा बास उठ्छ यहाँं

यी कविताका हरफहरु हुन् राजधानीमा प्रदर्शन भइरहेको नाटक ‘भागवत टोलमा भोलाराम’ को । यो बोल्ने पात्र हुन् कवि भोलाराम अल्पविराम । माघ १० गतेदेखि अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।

नाटकमा मुख्य पात्रका रुपमा प्रगतिशिल कवि भोलाराम अल्पविराम छन् । जुन कविको दुःखद निधन हुन्छ, सानो कारणले । सानो दाँंत दुखाईबाट सुरु भएको उनको रोगको निदानका लागि वैद्य, माता, नामी डाक्टरसम्म पनि पु¥याइन्छ ।

तर पनि उनको उपचार सफल हुँंदैन र मृत्युको मुखसम्म पुग्न्छ । आफूलाई सामान्य दाँंत दुखेको मात्रै हो, अरु खासै केही भएको छैन भन्दा भन्दा अनेकनको सल्लाह मानेर उनलाई झारफुक बैद्य, माताकोमा पु¥याइन्छ । जसकारण उनको रोग निको हुनुका साटो उल्टो बल्झिन्छ । अन्तमा केही नलागेपछि उनको उपचार गर्न काठमाडौंकै नामी डाक्टरलाई देखाइन्छ । तर त्यहाँं पनि विकृति विसंगतिले युक्त हुँंदा उनको अल्पआययुमै निधन हुन्छ ।

नेपालमा सल्लाह, हल्लाको भरमा समाज चलेको छ भन्ने सन्देश नाटकले देखाउन खोजेको छ । सल्लाह हल्ला नेपाली सामाजिक संरचना र सम्वन्धभित्रको मुलचरित्र नाटकमा रहेको छ । सल्लाहको अ‍ैचोपैचो विना हामी अगाडि बढ्न सकेनौं, गाउँंदेखि भव्य सहरहरुका नामी शिरोमणिहरुसमेत यसैको सिकारमा छन् भन्ने सन्देश नाटकमा देखाइएको छ ।

जीवित देवीदेवता, विज्ञ चिकित्सकको व्यावसायिक ओहदा दिएर केही नभएको वा सामान्य घाउँ खटिरादेखि बिरामीको भूत भविष्य नाटकमा भागवत टोलका भोलारामहरुमाथि प्रयोग गरिन्छ ।

रोग पत्ता लगाउने नाममा दर्जनौं तात्रिन्क परीक्षण र त्यसपछि अनिश्चित अवधिका लागि किलोका दरले अनेक औषधि बिरामीलाई नाटकमा भित्र्याइन्छ । रोचक कुरा त्यसलाई सिधै अस्वीकृत गर्ने आँंट कसैमा हुँंदैन । अशिक्षितदेखि माक्र्सवादी दर्शनको व्याख्याकारहरुसम्म सल्लाह शिरोमणि सामु निरीह हुन्छ नाकटमा ।

हाँंसो र आँंशु नाटकको रोचक पक्ष छ । नाटकको वार्तालापले दर्शकलाई हसाउँंछ । तथापि नाटक वियोगान्तमा पुगेर टुंगिन्छ । एकजना सिद्धान्तनिष्ठ कवि अरुको सल्लाह सुझाबकै भरमा उपचार हुँंदा मृत्यु हुने नाटकमा देखाइएको छ । आफूले नचाहँंदा नचाहँंदै पनि सल्लाह सुझाबको अगाडि डटेर सामाना गर्न नसक्दा कविको मृत्यु हुन्छ ।

नाटकका लेखक, परिकल्पनाकार एवं निर्देशक विजय बिष्फोटले नेपाली रंगमञ्चमा एउटै चरित्रलाई फरकफरक रुपमा प्रस्तुत गरेर नयाँ प्रयोग गरिएको बताउँछन् । नाटकमा मुख्य पात्र भोलारामको चरित्रमा चार जना फरकफरक कलाकारहरु फरकफरक चरित्र लिएर प्रस्तुत हुन्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...