जनयुद्धकालीन कथामा ‘मायासे लासी’

Mayale lasi

काठमाडौं । माओवादी जनयुद्ध र युद्धबिरामको विषयलाई समेटेर बनाइएको चलचित्र ‘मायासे लासी ३’ प्रदर्शनमा आउने भएको छ ।

सक्सेस फिल्मस् प्रालिको व्यानरमा बनेको चलचित्र ‘मायासे लासी’ आगामी शनिबार काठमाडौंको नाचघरमा प्रदर्शन गर्ने तयारीे छ ।

काठमाडौंसहित सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, भक्तपुर आसपासका जिल्लामा छायांकन गरिएको तामाङ भाषाको चलचित्र जापान, हङकङ, अमेरिका लगायतका देशमा पनि प्रदर्शन गरिने निर्मात्री भगवती मोक्तानले बताइन् ।

१० लाख रुपैंयामा निर्माण भएको यो चलचित्रमा कुमार मोक्तान, सीता लामा लगायतले अभिनय गरेका छन् । छन् । कार्यकारी निर्माता प्रेम लामा मोक्तान रहेका छन् । माइली घिसिङ सह–निर्माता हुन् ।

डिबि मोक्तानले निर्देशन गरेको सो चलचित्रमा कथा, पटकथा लेखन प्रकाश मोक्तानको छ । चलचित्रमा शंकर महर्जनले द्धन्द्ध निर्देशन गरेका छन् । केशव अधिकारी र रवि कोइरालाको छायांकन रहेको सो चलचित्रमा सुनिल मोक्तानको नृत्य, विशाल काल्तानको संगीत, कुमार स्याङ्वोको गीत रहेको छ ।

सुरुमा द्धन्द्ध र मतभेद भएपनि अन्त्यमा आएर मायाले गर्दा सुखद् वातावरण सिर्जना भएको कथाबस्तु रहेको शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा निर्माण पक्षले जनाएको छ ।

माओवादी द्धन्द्ध र सरकारबीच भएका विभिन्न घटना र त्यसको परिणामबारे प्रष्ट रुपमा चित्रित गर्ने प्रयास भएको उल्लेख गरिएको छ । निर्माण सहयोगी गणेश घिसिङले माओवादी जनयुद्धले निम्त्याएको पीडा जनतामा सिर्जित चिन्ता र युद्धबिराम भए पछिको सुखद् अवस्थाको वास्तविकता प्रस्तुत गरिएको जनाए ।

प्रतिकृया दिनुहोस