बिमल गौतमको ‘रुपको झट्का’ सार्वजनिक

Rupko jhatka final 01

काठमाडौं, १९ माघ– एक दर्जन बढी गीत श्रोतामाझ ल्याइसकेका युवा गायक बिमल गौतमको नयाँ गीत ‘रुपको झड्का’ आज सार्वजनिक भएको छ ।

बुढासुब्बा म्यूजिक कम्पनीमार्फत युट्युवमा आज सार्वजनिक गरिएको गीतमा गायक आफैँले संगीत गरेका छन् भने प्रकाश श्रेष्ठसँग सहकार्य गरेर गीतको शब्द तयार पारेका छन् ।

पछिल्लो समयमा दर्शक/श्रोताले रुचाईएको स्वाद तथा शैलीमा गीत तयार भएको गायक बताउँछन् । गौतमको यस गीतको भिडियोमा यतिबेला चर्चामा रहेकी मोडल एलिसा राई र चर्चित कोरियोग्राफर तथा मोडल गम्भिर बिष्टले अभिनय गरेका छन् । नृत्यमा ‘ह्याण्ड टु ह्यान्ड क्रु’ ले साथ दिएको छ भने नवराज उप्रेतीको छायांकन रहेको छ । भिडियोको निर्देशन गम्भिर आफैँले गरेका छन् ।

‘युवा पुस्ताले बोली चालीमा प्रयोग गर्ने भाषालाई गीतको शब्दमा समावेश गरिनुका साथै संगीतमा लोकपन र आधुनिताको फ्युजन रहेको छ ।’ यसअघि सर्वाधिक रुचाईएको यो घरबाट...गीतका इलामे गायक गौतम भन्छन्, ‘फाष्ट बीटको डान्सिङ नम्बर भएकोले युवाहरुलाई विशेषतः यो गीतले आकर्षण गर्छ भन्ने लागेको छ ।’

 

प्रतिकृया दिनुहोस