पोष्टरमा शेर बहादुर,मेनुकाको पछि कर्मा र रविन्द्र

Sher bahadur

काठमाडौँ । अवकाश प्राप्त एक आर्मी को कथामा निर्माण भएको फिल्म शेर बहादुरको पोष्टर सार्वजनिक गरिएको छ ।

निडर, शन्की र बलियो पात्र शेर बहादुर फिल्मको मूख्य पात्र हो । शेर बहादुरको चरित्र सहित अन्य कलाकार समावेश पोष्टर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो । शेर बहादुर आफ्नो लक्ष्य प्राप्तीका लागि केही योजना बनाउँछन् । त्यहि योजना भित्र रुमलिएका अन्य पात्रसंगको अवस्था फिल्मको पोष्टरले चित्रण गरेको छ ।

फिलमको मूख्य पात्रवरिष्ठ कलाकार सुनिल थापा, कर्मा, रविन्द्र झा, मेनुका प्रधान पोष्टरमा अटिएका छन् । ३ साईजको पोष्टरमा फरक फरक सस्पेनमा प्रस्तुत भएका छन् ।
एक्शन, रोमान्स, ड्रामा समाबेशफिल्म प्रति निर्माण पक्ष अपेक्षित छन् । फिल्म आउँदो माघ १९ बाट देशैभर प्रदर्शन हुदैछ ।

फिल्मका निर्देशक आर राजवंशि हुन् भने निर्माताका रुपमा वरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् । गौरीशंकर धुजु नेपाली फिल्म क्षेत्रमा ४० बर्षदेखी अनवरत रुपमा लाग्दै आईरहेका छन् । फिल्ममा कोशिश क्षेत्रीको संगीत, बसन्त श्रेष्ठको नृत्य, दिर्घ गुरुङ र नारायण जिसीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई प्रमोढ क्षेत्रीले लेखेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...