करार गर्न माग गर्दै धर्ना

काठमाडौँ । आंशिक प्राध्यापक संघले आफूहरुलाई करार गर्न माग गर्दै आज माइतीघरमण्डलमा धर्ना दिएको छ ।

सात दिनदेखि संघका अध्यक्ष डा महेश गजुरेलले कीर्तिपुरस्थित त्रिविको मूल प्रवेशद्वारमा आमरण अनशन जारी राखे पनि त्रिवि र सरकारले सुनुवाइ नगरेको भन्दै एक घण्टा धर्ना दिइएको हो ।

संघका केन्द्रीय सदस्य योगेशकुमार गोइतका अनुसार संघका सहअध्यक्ष नरेन्द्र भण्डारीसहितको टोलीले आजै राष्ट्रिय मानवअधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

त्रिवि मातहत आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको एक हजार ४२० दरबन्दी आवश्यक भएको विश्वविद्यालयको एक कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको नमस्ते झरना नजिकबाट ४२१ किलोग्राम गाँजा बरामद, कारमा सवार चालक फरार

Gaja pakrau 17

धनकुटा । सशस्त्र प्रहरीले कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिकबाट...