मादक पदार्थ सेवन गर्ने युवाबीच विवाद

खुकुरी प्रहारबाट तीन घाइते

Ttttt16

नुवाकोट । ककनी गाउँपालिका– २ ठूलीतित्रीमा खुकुरी प्रहारबाट तीन युवक घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको नुवाकोट प्रहरीले जनाएको छ ।

दशैँ पर्वको अवसरमा गएराति मादक पदार्थ सेवन गरी रमाइलो गरिरहेका युवाबीच विवाद बढेर झगडा हुँदा स्थानीयवासी ३७ वर्षीय भीमबहादुर तामाङ, ३४ वर्षीय राजु तामाङ र ३३ वर्षीय सन्तमान तामाङ घाइते भएका हुन् ।

उनीहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।घाइतेको टाउको, अनुहार, आँखा, हातलगायतका स्थानमा गहिरो चोट लागेको छ ।

घटनामा संलग्नको पहिचान भइसकेकाले नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको नमस्ते झरना नजिकबाट ४२१ किलोग्राम गाँजा बरामद, कारमा सवार चालक फरार

Gaja pakrau 17

धनकुटा । सशस्त्र प्रहरीले कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिकबाट...