१२ स्थानको नतिजा सार्वजनिक हुँदा एमाले पहिलो, अरु दल पनि सँगसँगै

Nirwachan 3

काठमाडौँ । प्रदेश नं २ को स्थानीय तहको निर्वाचनको १२ स्थानको नतिजा सार्वजनिक भएको छ ।  नेकपा एमालेले ४ स्थानीय तहमा विजयी हासिल गर्दा नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमले २-२ स्थानमा जीत हात पारेका छन् । यस्तै रापजा र संघीय समाजवादी फोरमले एक-एक स्थानमा विजयी भएका छन्। कहाँ कसले जिते ?

नेकपा एमाले-४

सप्तकोशी नगरपालिका, सप्तरी

सप्तरी सप्तकोशी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार उतम कुमार शर्मा विजयी भएका छन्। उनले आफ्ना निकटम प्रतिस्पर्धी माओवादीका ध्रुव कार्कीलाई हराएका हुन् ।

एमालेका शर्माको ४३ सय ६१ मत आउँदा माओवादीका कार्कीको ३६ सय ९० मत पाएका थिए ।

उपप्रमुखमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन्। उपप्रमुखमा एमालेकी आशा चौधरी ४ हजार ४ सय ६२ मत सहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी माओवादीकी राज कुमारी चौधरी ३ हजार ८ सय ८६ मत ल्याएको निर्वाचन अधिकारी राजेन्द्र कुमार लम्सालले जानकारी दिए।

पटेर्वा सुगौली गाउँपालिका, पर्सा

पर्साको पटेर्वा सुगौली गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेका अध्यक्षका उम्मेदवार हरिनारायण चौधरीले २ हजार ९ सय ५७ मत प्राप्त गरी विजयी भएका हुन् ।

चौधरीले नेपाली कांग्रेसका उम्मेदवार दिनेश चौधरीलाई ९० मतको अन्तरले पराजित गरेका हुन् । दिनेश चौधरीले २ हजार ८ सय ६७ मत प्राप्त गरे ।

उपाध्यक्षमा भने नेकपा एमालेकी सञ्जु चौधरीलाई हराउँदै नेपाली कांग्रेसकी ममता चौधरी विजयी भएकी छन् ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा एमालेका उम्मेद्वार मनोज यादव विजयी भएका छन् ।

बटेश्वर गाउँपालिका, धनुषा

धनुषाको बटेश्वर गाउँपालिकामा एमालेले जित हात पारेको छ । हालै सार्वजनिक भएको मत परिणाम अनुसार धनुषाको बटेश्वर गाउँपालिका अध्यक्षमा एमालेका डम्बर बहादुर राउत २ हजार ३ सय ७७ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतमप्रतिद्वन्द्वी कांग्रेसका रामअशिष महतो २३०३ मत ल्याए । त्यस्तैगरी उपाध्यक्षमा एमालेकै प्रमिला देवी २ हजार २ सय ९० मत ल्याई विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी जनारसीदेवीले २ हजार १ सय ९६ मत ल्याइन् ।

बटेश्वर गाउँपालिकाको १ र ५ को वडाध्यक्षमा  कांग्रेस विजयी भएको छ । त्यस्तै एमालेले ३ र ४ र नेकपा माओवादीकेन्द्रले २ वडामा जित हासिल गरेको छ।

नेपाली कांग्रेस- २

नेपाली कांग्रेसले पनि प्रदेश नम्बर दुईमा विजयी सुरूआत गरेको छ। धनुषाको औरही गाउँपालिका अध्यक्षमा कांग्रेसका ब्रह्मदेव यादवले २५६९मत ल्याएर विजयी भए । यस्तै उपाध्यक्षमा कांग्रेसकै मिरा सहनी २४९४ मत ल्याएर विजयी भइन् ।

नवराजपुर गाउँपालिका, सिरहा

सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेसले जित हात पारेको छ। अध्यक्षमा कांग्रेसका विश्वमोहन प्रसाद यादव २ हजार ३०३ ल्याएर विजयी भए । यस्तै उपाध्यक्षमा कांग्रेसकै शोभाकुमारी यादव २ हजार ३७७ मत ल्याएर विजयी भएकी छन् ।

माओवादी केन्द्र-२

कर्जन्हा नगरपालिका, सिराहा

सिरहाको कर्जन्हा नगरपालिकाबाट माओवादी केन्द्रले विजयी सुरूवात गरेको छ ।

माओवादी केन्द्रका गंगा पासवान मेयरमा र उपमेयरमा पार्वती श्रेष्ठ विजयी भएका हुन् । २ नं प्रदेशमा माओवादीको यो पहिलो जीत हो ।

मेयरमा गंगा पासवान ४ हजार ३०९ मतसहित विजयी भएका छन्। यसैगरी उपमेयरमा ज्ञानुकुमारी श्रेष्ठ ४ हजार ३१३ मतसहित विजयी भएकी छन् ।

मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदियाल महतोले ३ हजार १९० र उपमेयरमा एमालेकै अञ्जु रायले २ हजार ९४५ मत पाए ।

यो क्षेत्रबाट दोस्रो संविधान सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए ।

अर्नमा गाउँपालिका, सिरहा

सिरहाको अर्नमा गाउँपालिकामा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका ठकु महतो कोइरी विजयी भएका हुन् । उनले २४३६ मत प्राप्त गरेका हुन् । महतोले एमालेका चन्द्रेश्वर मण्डललाई पराजित गरे । मण्डलले २२०९ मत प्राप्त गरे ।

उपमेयरमा भने एक मत अन्तरले माओवादी केन्द्रकी उपमेयरकी उम्मेदवार सीयावती मुखिया विजयी भएकी हुन् । उनले २२९९ मत ल्याइन् भने एमालेकी उम्मेदवार रामकुमारी महतोले २२९८ मत प्राप्त गरिन् ।

लोकतान्त्रिक फोरम-२

ईशानाथ नगरपालिका, रौतहट

रौतहटको ईशानाथ नगरपालिकाको मेयरमा नेपाल फोरम लोकतान्त्रिकका उम्मेद्वार विजयी भएका छन् ।

फोरम लोकतान्त्रिकका उम्मेद्वार सन्तोष मेहताले ५ हजार ७ सय ८५ मत ल्याएर मेयरमा विजयी भएका हुन् । उपमेयरमा पनि फोरम लोकतान्त्रिककै हुसनी आरा खातुनले ५२३६ मत प्राप्त गरी विजयी भएकी छन् । यो सँगै फोरम लोकतान्त्रिकले पनि प्रदेश नम्बर २ मा विजयी खाता खोलेको छ ।

विस्णु गाउँपालिका, सर्लाही

सर्लाहीको विष्णु गाउँपालिकाको प्रमुखमा फोरम लोकतान्त्रिकका उम्मेद्वार विजयी भएका छन् । फोरम लोकतान्त्रिकका उम्मेद्वार जवाहरलाल यादवले १९४६ मत ल्याएर विजयी भएका हुन् ।

संघीय समाजवादी फोरम-१

विष्णुपुर गाउँपालिका, सिरहा

संघीय समाजवादी फोरमले सिरहाबाट विजयी खाता खोलेको छ । सिरहाको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा समाजवादी फोरमका जागेश्वर यादव विजयी भएका हुन्। उनले १ हजार ९ सय ४० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सत्यनारायण यादवले १ हजार २ सय ८० मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि समाजवादी फोरमकै अरहुलादेवी सिंह विजयी भएकी छन् । उनले २ हजार ७ मत पाएकी छन्। उनकी निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रकी ललितादेवी यादवले १ हजार २ सय २० मत पाएकी छन् ।

राजपा-१

हंसपुर नगरपालिका, धनुषा

धनुषाको हंसपुर नगरपालिकामा राजपामा उम्मेदवार रामज्ञान मण्डल विजयी भएका छन् । उनले ३३२० मत पाएका छन् । उनका निकटतम् प्रतिष्पर्धी कांग्रेस उम्मेदवारले ३२१९ मत पाएका थिए । निर्वाचन अधिकृत जीवनाथ पोखरेलका अनुसार नगरपालिकाको उपमेयरमा पनि राजपाकी उम्मेदवार रेणु झा विजयी भएकी छन् । उनले ३२७६ मत पाइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...