दसैंमा सवारी साधन चेकजाँचमा कडाई

उपत्यकामा कहाँ कहाँ हुदैछ प्रहरीको प्रत्यक्ष निगरानी ?

Checking

काठमाडौं । यसपालीको दसैंलाई मध्यनजर गरेर प्रहरीले राजधानीका विभिन्न स्थानमा सवारी साधनमा मापसे चेकजाँचमा कडा व्यवस्था गरेको छ । महानगरीय प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलन कार्यक्रममा एआइजी जयबहादुर चन्दले उपत्यकाका ३ वटा जिल्लामा दशै तथा चाडपर्वको बेलामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउदा हुनसक्ने दुर्घटना न्युनीकरण गर्न मापसे चेकिङमा कडाई गर्न महानगरीय ट्राफिक महाशाखालाई निर्देशन दिइसकेकोे बताए ।

चाडपर्वमा व्यस्त रहने व्यापारीक केन्द्र र स्थानहरुमा सवारीको चाप बढ्न गई ट्राफिक व्यवस्थापन प्रभावित हुन सक्ने भएकोले त्यस्ता स्थानहरुको आवतजावतमा सहजता ल्याउन ट्राफिक प्रहरीको उपस्थिति बढाइने पनि उनले जानकारी दिए ।

उनले ट्राफिक चेकजाँचका लागि नियमित चेकिङ ३२ स्थानमा र विशेष चेकिङ स्थानहरु हेरेर थप गरिने बताए । रातीको समयमा नियमित र आकस्मिक मापसे चेकिङ्ग दुवै चलाइने जानकारी दिए । महत्वपूर्ण प्रतिष्ठान, सपिङ्ग मल तथा बैंकिङ क्षेत्रहरूमा २४ सै घण्टा गस्ती प्रहरी परिचालन गरिने पनि जानकारी दिए । उनले घटना भएको ५ मिनेट भित्र प्रहरी घटनास्थलमा पुग्ने व्यवस्था मिलाइने बताए ।

उपत्यकामा कहाँ कहाँ हुदैछ प्रहरीको प्रत्यक्ष निगरानी ?

कार्यक्रममा एआइजी जयबहादुर चन्दले उपत्यकाबाट छुट्ने लामो दुरीका सवारी साधनहरु चेकजाँच गर्न नागढुङ्गा, फर्पिङ्ग, जगाती, मुड्कु लगायत उपत्यकाबाट बाहिरिने सबै नाकामा निगरानी गरिने बताए ।

नयाँबसपार्क, कालीमाटी, ठमेल, न्युरोड, असन, दरवारमार्ग, बौद्ध, जावलाखेल, भक्तपुरको बजार ईलाकामा डाईर्भसनको व्यवस्था मिलाइने उनले बताए ।

जुवा ,तास, चोरी, लुटपाट, गुण्डागर्दी, चन्दा असुली, अपहरण जस्ता गैह्रकानुनी गतिबिधिविरूद्ध निगरानी बढाउने गरि विशेष सुरक्षा योजना रहेको पनि उनले जानकारी दिए । निगरानीलाई थप प्रभावकारी बनाउन सादा पोशाकमा समेत प्रहरी परिचालन गरिनेसमेत जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...