पूर्वराजाले यस वर्ष सर्वसाधारणलाई दशैंमा टीका नलगाइदिने

Gyanendra shah

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला स्वास्थ्य लाभ गरिरहेका छन् । थाइल्यान्डबाट फर्केपछि उनी कतै सार्वजनिक कार्यक्रममा समेत देखिएका छैनन् ।

थाइल्यान्डबाट स्वदेश फर्केपछि उनले सोह्रश्राद्धमा दिवंगत पितृहरूको श्राद्ध गरेका थिए । सधैंझै विदेशबाट फर्कंदा उनको जयजयकार हुन्थ्यो, तर यसपटक धेरैले पूर्वराजा स्वदेश फर्केको पत्तै पाएनन् ।

चिकित्सकहरूले पूर्ण आराम गर्न सल्लाह दिएकाले यस वर्षको दशैंमा पूर्वराजा र रानीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

विगतमा विजयादशमीको दिन पूर्वराजाले निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाउने गरेका थिए ।तर, यस वर्ष स्वास्थ्य अवस्था अलि जटिल भएकाले डाक्टरहरूकै सल्लाहमा पूर्वराजाले टीका नलगाउने स्रोतले बताएको छ ।

यस वर्षको विजयादशमीको टीका असोज १४ गते पर्छ । यसैगरी, महानवमी असोज १३ गतेका दिन परम्परागत हुने गरेको शक्तिपीठहरूको दर्शन कार्यक्रमसमेत स्थगित गरिएको बताइएको छ ।

पूर्वराजा २ महिनाअघि अचान अस्वस्थ भएपछि नर्भीक अस्पतालमा भर्ना भएका थिए । ५ दिन उपचार गरी फर्किएको केही दिनमै उनी थाइल्यान्ड गएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...