राष्ट्रिय गौरवका आयोजनालाई चुस्त र दु्रत गतिमा अगाडी बढाउन निर्देशन

Nepal parliament

काठमाडौँ । व्यवस्थापिका–संसद्, विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन अवस्था असाध्यै सुुस्त रहेको भन्दै तत्काल चुस्त बनाई द्रुत गतिमा कार्य अगाडि बढाउन सरकारका विभिन्न निकायलाई निर्देश गरेको छ ।

समितिका सभापति रवीन्द्र अधिकारीको अध्यक्षतामा बुधबार बसेको समितिको बैठकले काठमाडौँ निजगढ द्रूत मार्गलगायतका राष्ट्रिय गौरवको आयोजनाका प्रक्रियागत जटिलतालाई अन्त्य गर्दै परिणामुखी कार्यसम्पादन गराउन प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात, रक्षा अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलाई निर्देशन गरेको छ ।

द्रूत मार्गको निर्माण कार्यको जिम्मा पाएको नेपाली सेनाले ५ महिना पूरा हुन लाग्दा पनि अझै विस्तृत परियोजना प्रतिवेदन डिपिआरको टुंगो नलगाएको भन्दै समितिको बैठकले यसका लागि दू्रत मार्गको डिपिआर तयार गरेको भारतीय कम्पनीसित डिपिआर खरिद गर्ने की नगर्ने भन्ने विषयमा शीध्र निर्णयमा पुग्न सरकारका ती निकायलाई बैठकले ध्यानाकर्षण समेत गराएको छ ।

बैठकले द्रूत मार्गका कूल ७६ किमीमध्ये ६ किमीको मात्र मुआब्जा वितरण कार्यमा धेरै नै समस्या परेको हुँदा तत्काल यसलाई समाधान गर्न, द्रूत मार्गमा बजेटको अभाव हुन नदिन, द्रूतमार्ग निर्माण कार्यलाई गति प्रदान गर्न,आग्रह गरेको छ ।

साथै समितिको बैठकले नेपाली सेनालाई र सेनाको मेसिनरी एवं जनशक्ति अभिवृद्धि गर्न, उत्प्रेरणा कार्य राख्ने कार्यमा सहयोग पु¥याउन, कार्यतालिकासहितको कार्ययोजना अनिवार्य बनाई सोहीअनुरुप काम गर्न गराउनसमेत सरकारलाई निर्देश गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...