प्रकोपको बेला तथ्यांक संकलनका लागि तालीम

Was

विराटनगर । वल्र्ड भिजन इन्टरनेशनल नेपालले प्रकोपको बेलामा तत्काल सूचना प्रवाहलाई प्रभावकारी बनाउनका लागि युवालक्षित तथ्यांक संकलन क्षमता अभिवृद्धि तालीम मंगलबार शुरु गरेको छ ।

प्रकोपको समयमा सबै क्षेत्र अस्तव्यस्त हुने हुँदा युवाले इन्टरनेटको माध्यमबाट तत्काल भएको क्षतिको अवस्था र उद्धारको विषयमा तथ्यांक संकलन गर्नसक्ने गरी युवालक्षित तालीम सञ्चालन गरिएको हो ।

विशेष गरी युवा प्रविधिमैत्री भएकाले तालीमपछि एप्स्को माध्यमबाट प्रकोपको समयमा तत्काल तथ्यांक संकलन गरेर राहत, उद्धार तथा क्षतिपूर्ति उपलब्ध गराउन युवा परिचालन गर्न सकिने वल्र्ड भिजन इन्टरनेशनल नेपालका योजना अनुगमन तथा मूल्यांकन व्यवस्थापक पुरुषोत्तम शर्माले जानकारी दिए ।

वल्र्ड भिजनको आयोजनामा भएको कार्यक्रममा विराटनगर महानगरपालिकासँगै झोराहाट, सिसवनी, डङ्ग्राहा, लखन्तरी र भौडाहाका ४० जना युवाको सहभागिता रहेको छ । सो तालीम तीन दिनसम्म चल्नेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...