प्रेस स्वतन्त्रता सेनानी आचार्य सम्मानित

Xcz

खोटाङ । संविधान दिवसको अवसरमा खोटाङका वरिष्ठ तथा ज्येष्ठ पत्रकार कृष्ण आचार्य सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघबाट ‘प्रेस स्वतन्त्रता सेनानी’ उपाधीबाट सम्मानित भइसकेका पत्रकार आचार्यलाई संविधान दिवसको अवसरमा मंगलबार जिल्ला समन्वय समितिले बधाई ज्ञापन गर्दै सम्मान गरेको हो ।

खोटाङको पत्रकारिताको विकासका क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप ६२ वर्षीय पत्रकार आचार्यलाई जिल्ला समन्वय समितिले मंगलबार दिक्तेलमा सम्मान गरेको हो ।

नेपाल पत्रकार महासंघले आफ्नो २५ औँ महाधिवेशनका अवसरमा भदौ ४ गते पत्रकार आचार्यलाई ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मान प्रदान गरेको थियो ।

संविधान दिवसको अवसरमा दिक्तेलमा प्रभातफेरी निकालेपछि जिल्ला समन्वय समितिको हलमा सभामा परिणत भएको कार्यक्रममा पत्रकार आचार्यलाई समन्वय समितिका प्रमुख बबी चाम्लिङ लगायतले खादा र अबीर लगाइदिएर सम्मान प्रदान गरेको थियो ।

कार्यक्रममा ‘संविधान र संविधानको जन्म’ विषयक अन्तरक्रिया कार्यक्रममा विषयान्तर नगरी छोटो समयमा आफ्नो भनाइ राखेकोमा आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईलाई पनि सम्मान गरियो ।

प्रतिकृया दिनुहोस