सिरहाको लहानबाहेक सबै स्थानीय तहको मतगणना जारी

मिर्चैयामा फोरम र राजपाभन्दा बहुजन शक्ति पार्टी अघि

Nirwachan 3

सिरहा । सिरहाको लहान नगरपालिकाबाहेक अन्य सबै स्थानीय तहको मतगणना जारी छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले वडाहरुमा बिजयी हासिल गरेका छन् ।

सिरहाको मिर्चैया नगरपालिकाको पछिल्लो परिणामअनुसार मेयर र उपमेयरमा माओवादी केन्द्र अगाडी छ । मेयरमा केन्द्रले ५ सय ७२ र उपमेयरमा ५ सय ७३ मत ल्याएको छ ।

त्यसैगरी नेकपा एमालेले मेयरमा ३ सय ५ र उपमेयरमा २ सय ९९ ल्याएको छ भने नेपाली कांग्रेसका उम्मेदवारले १ सय ७२ र उपमेयरका उम्मेदवारले १ सय ९३ मत ल्याएका छन् ।

मिर्चैयामा फोरम र राजपा भन्दा पनि बहुजन शक्ति पार्टीका उम्मेदवारले मत बढी ल्याएका छन् । यहाँ बहसजन शक्तिका मेयरका उम्मेदवारले ५१ र र उपमेयरका उम्मेदवारले ४० मत ल्याएका छन् ।

मिर्चैयामा फोरमका उम्मेदवारका मेयरका उम्मेदवारले २७ र उपमेयरले ३० मत पाएका छन् । यहाँ राजपाका मेयरले ४६ र उपमेयरले ४० मत पाएका छन् ।

सिरहाको सुखिपुर नगरपालिका ताजा मतगणनाअनुसार फोरमका मेयरका उम्मेदवारले २ सय २२, एमालेका उम्मेदवारले २ सय २९ र कांग्रेसका उम्मेदवारले १५ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस