किन मनायो राष्ट्रिय एकता पार्टीले आज कालो दिन ?

‘नेपालमा राजतन्त्रात्मक प्रजातन्त्र नै चाहिन्छ’

Rastriya ekata

काठमाडौं । सारा नेपालीले मंगलबार संविधान दिवस मनाइरहेका बेला राष्ट्रिय एकता पार्टीले भने नेपालको संविधान २०७२ लाई खारेजीको माग गरेको छ । उसले ०४७ सालकै संविधान लागु गर्न माग पनि गरेको छ ।

सो पार्टीले तत्कालिन माओवादीसँग बृहत शान्ति सम्झौताको नाममा भारतमा १२ बुँदे सम्झौता गरिनु पनि अर्को ठूलो महाभुल भएको आरोप लगाएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा उक्त पार्टीले पत्रकार सम्मेलन गरी प्रमुख दलहरुको मिलेमतोमा कथित संविधान जारी गरिएको भन्दै त्यसलाई तत्काल खारेज गर्नुपर्ने माग गरेको गरेको हो ।

पार्टीका अध्यक्ष शरदचन्द्र दाहालले नेपालको इतिहास बोकेको राजसंस्थालाई अन्यायपूर्ण तबरले फ्याँकिएको आरोप लगाए । उनले भने, ‘त्यतिबेला अन्तरिम संविधान लागु गर्नु नै हुँदैन थियो, तर अन्तरिम संविधान जारी गरेर गम्भिर गल्ती गरियो, संविधानको ठाउँमा अन्तरिम शासन व्यवस्था लागु गर्नुपर्दथ्यो, गम्भिर गल्ती भएको छ, नेपालको इतिहासमा यो भन्दा ठूलो भुल अरु केही हुन सक्दैन्।’

उनले भने, ‘०७२ सालको भुइचालोको फलस्वरुप प्राप्त संविधानलाई हाम्रो पार्टी, राष्ट्रिय एकता पार्टीले खग्रास चन्द्रग्रहण भनी घोषणा गरेकोछ, जनसाधारणको भाषामा जनउपेक्षित यो कालो संविधान हो ।’

उनले आफ्नो पार्टीले आजको संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको बताए । उनले शासकहरुले जति नै तामझाम गरी यो संविधान दिवस उत्सव मनाए जनतालाई हर्ष न विश्मात भएको तर्क गरे ।

‘जनस्तरको दैनिकिमा बदलाब ल्याउन नसक्ने संविधान एक थान कागजको खोष्टो भन्दा केही होइन्, महँगी कालोबजारी, बेरोजगारी र नयाँ खाले द्धन्द्धको बढोत्तरी गर्ने यो संविधान खारेजको भागी छ’ उनले भने, ‘अहिलेको नयाँ संविधान ०४६ सालको सन्तुलित भावनाविपरित छ, आफ्नो पार्टीले ०४७ को संविधान पुन:स्थापनाको पक्षमा छ ।’

दलहरुले जारी गरेको नयाँ संविधान कुनै पनि हालतमा कार्यान्वयन हुन नसक्ने दावी गर्दै उनले यदि कथमकदाचित लागु भए मुलुकमा गृहयुद्ध अवश्यम्भावी रहेको दाबी गरे ।

सो पत्रकार सम्मेलनमा मणिराज सत्याल, पार्टीका सह–महामन्त्री सुन्दरमणि न्यौपाने, मीनराज गुरुङ्, रवि पौडेल, प्रेम प्रसाद संग्रौला, शंकर पौडेल पत्रकार महासंघका संस्थापक सदस्य सुर्य नेपाल लगायतले संविधान खारेजीको माग गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...