कपिलवस्तुका ट्रक तथा ट्रिपर चालकलाई प्रशिक्षण

New p 3333

कपिलवस्तु । कपिलवस्तु जिल्लाका विभिन्न स्थानबाट आफ्नो सवारी साधनको क्षमता भन्दा अत्यधिक बढि (ओभरलोड) मालसामान राखी ओसारपसार गर्ने ४० भन्दा बढी नेपाली तथा भारयीय नम्बर प्लेटका ट्रक तथा ट्रिपर चालकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले मिति २०७४।०६।०२ गते साँझ आफ्नै हाताभित्र आधा घण्टे प्रशिक्षण दिएका छन ।

प्रशिक्षणमा ओभरलोड बोक्दा हुन सक्ने दुर्घटना, त्यस्ता सवारी साधनबाट अन्य सडक प्रयोग कर्तालाई पु¥याउने असर, सडकमा हुने हानि नोक्सानि तथा ओभरलोड सम्बन्धमा प्रचलित कानूनका बारेमा स्पष्ट गरिएको थियो ।

चालकहरुसंग नै ट्राफिक प्रहरीको पहिलो भेट हुने हुँदा ट्राफिक प्रहरीले भनेका यथार्थ कुरा आफ्ना साहु तथा सम्बन्धित व्यबसायीहरुलाई अक्षरस जानकारी गराई ट्राफिक प्रहरीको कामकारवाहीमा सहयोग गर्न ट्राफिक प्रहरीले चालकहरुलाई अनुरोध गरेको छ ।

प्रशिक्षणमा सहभागी चालकहरुले ट्राफिक प्रहरीले ओभरलोड नियन्त्रण गर्न गरेको प्रयास सकारात्मक रहेकोले आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने जनाए । उत्तम प्रशिक्षणका बारेमा जिल्ला ट्राफिक प्रहारी कार्यलय गोरिसिगेंका प्रहरी निरिक्षक अमर बहादुर कार्कीले बताए ।

प्रतिकृया दिनुहोस