भब्य रुपमा मनाइयो संविधान दिवस (फोटो फिचरसहित)

Sambidhan diwas (6)

काठमाडौं । मंगलबार देशभर विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ ।

सोमबार मात्रै प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय तहको चुनाव सकिएको छ । निर्वाचन सकिएपछि सोमबार रातीदेखि नै कतिपय स्थानमा मतगणना सुरु भइसकेको छ । अहिले मतगणना जारी छ । संयोग नै मान्नुपर्छ प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन मतगणना भइरहँदा मंगलबार संविधान दिवस मनादैँछ ।

नेपालको संविधान जारी भएको वार्षिकउत्सवका रुपमा काठमाडौंको सैनिक मञ्च टुडिखेलमा एक विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिको प्रतिक परेवा उडाए ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री जनार्दन शर्मा, मन्त्रीहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका नेताहरु सहभागी थिए ।

संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपक्षता, सामाजिक न्याय सहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र जनआन्दोलन २०६२/०६३ को एतिहासिक आन्दोलनको उपलब्धि संस्थागत भएको स्वर्णिम दिवस संविधान दिवस हो ।

दुई वर्षअघि आजकै दिन नयाँ संविधान जारी भएको थियो । नयाँ संविधान जारी भएपछि असन्तुष्ट रहेको भारतले निक्कै लामो समयसम्म नेपालमाथि नाकाबन्दी नै लगायो । तर, नेपाली जनताको संविधानप्रतिको मायाले गर्दा भारतले अन्तत: नेपालको संविधानलाई सोमबार मात्रै स्वागत गरेको छ ।

तस्विर : रत्न श्रेष्ठ/रासस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...