अन्र्तराष्ट्रिय हवाई मार्ग तथा प्रवेश बिन्दु विस्तार गरिने

Zvb

काठमाडौँ । नेपालले अन्र्तराष्ट्रिय हवाई उड्डयनका लागि हाल उपयोग गर्दै आएको एकमात्र हवाई मार्ग तथा प्रवेश बिन्दु ‘एयर रुट तथा इन्ट्री प्वाइन्ट’ मा थप विस्तार गर्ने भएको छ । 

विराटनगर वा जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई मार्ग प्रवेश बिन्दु थप गर्ने सम्बन्धमा मित्रराष्ट्र भारतसँग द्विपक्षीय वार्ता र छलफल भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

३२ बुँदे भावी कार्ययोजना हवाई मार्ग प्रवेश बिन्दुका लागि सम्बन्धित पक्षसँग छलफल गरी टुंगोमा पु¥याइने उल्लेख छ । विमान बाहिरिने बिन्दु एक्जिट प्वाइन्टका लागि काँकडभिट्टा हवाई मार्गलाई उपयोग गर्ने अनुमति प्राप्त गर्ने प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।
मुलुकको एकमात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विदेशबाट आउने विमान सिमराको आकाश हुँदै अवतरण गर्ने गरेको छ । प्रेमनाथ ठाकुरका अनुसार नेपालबाट अन्तर्रा्ष्ट्रिय गन्तव्यमा जाँदा विराटनगर, तुम्लिङ्टार, जनकपुर, महेन्द्रनगर हुँदै विमान बाहिरिने गरेका छन् ।

आफ्नो उड्डयन आकाशमा समस्या आउने भन्दै भारतले थप हवाई मार्ग प्रयोग गर्न मानेको थिएन । नेपालको पहलपछि जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरबाट समेत विमानलाई नेपाल प्रवेश गर्न दिन भारत सैद्धान्तिकरुपमा सहमत भएको हो ।

पश्चिम या पूर्व जताबाट विमान आए पनि भारतीय आकाशबाटै सिमरा हुँदै काठमाडौँ भित्रनुपर्छ । नयाँ हवाई मार्ग थपिए मध्यपूर्वी देशबाट नेपाल आउने दूरी छोटो हुनेछ । खाडी मुलुकबाट नेपाल आउने भाडासमेत कम हुने छ ।

नेपालले विभिन्न ३८ वटा मुलुकसँग हवाई उडान सञ्चालनसम्बन्धी दुईपक्षीय सम्झौता गरेको भए पनि २८ वटा विदेशी विमान सेवा कम्पनीले अन्तर्रा्ष्ट्रिय उडान भर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...