मत गणना जारी, नेपाली कांग्रेसको अग्रता

Mat ganana

काठमाडौं । प्रदेश नं २ मा सोमबार सम्पन्न स्थानीयतहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । कतिपय स्थानहरुमा खर्भर मात्रै मत गणना सुरु भएको छ भने कतिपय वडाहरुमा विजयउत्सव पनि भइरहेका छन् ।

हालसम्म गणना भएका स्थानमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेस ११५ स्थानमा छ भने एमाले १०५ स्थानमा छ । संघीय समाजवादी फोरम नेपाल ९७ स्थानमा रहँदै तेस्रो स्थानमा छ । त्यसैगरी माओवादी केन्द्र ८८ स्थानमा अगाडी हुँदा राष्ट्रिय जनता पार्टी ६१ स्थानमा छ ।

महोत्तरी जिल्लाको सम्सी गाँउपालिकाको मतपरिमाण संघीय समाजवादी नेपाल फोरम अगाडी छ । फोरमले अध्इक्षमा १३० र उपाध्इक्षमा ९१ मत पाएको छ ।

सो गाउँपालिकामा नेपाली कांग्रेसले प्रमुखमा ९४ र उपप्रमुखमा १६४ मत पाएको छ भने माओवादी केन्द्रले प्रमुखमा ४४ र उपप्रमुखमा ३३ मत पाएको छ । सम्सी गाउँपालिकामा एमालेले अध्यक्षमा १२ र उपप्रमुखमा ११ मत पाएको छ ।

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा पनि नेपाली कांग्रेस अगाडी छ । उसले मेयरमा ११५ र उपमेयरमा ७९ पाएको छ । एमालेले मेयरमा १०५ र उपमेयरमा ११२ पाएको छ भने माओवादी केन्द्रले मेयरमा ८८ र उपमेयरमा १०१ मत पाएको छ ।

राष्ट्रिय जनता पार्टी मेयरमा ६१ र उपमेयरमा ६१ मत पाएको छ भने संघीय समाजवादी फोरमले मेयरमा ९७ र ६६ मत पाएको छ ।

यता धनुषामा हालसम्म नेकपा एमालेले ४ वटा वडामा जित हात पारेको छ। हंसपुर नगरपालिका वडा नं. १ मा कामेश्वर कापर, विदेह नगरपालिका वडा नं. १ मा रामवृक्ष ठाकुर, मुखियापट्टि मुसहरनिया गाउँपालिका वडा नं. १ मा कौशल यादव र सोही गाउँपालिका वडा नं. २ मा नरेश यादव विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस