गोलभेँडा खेतीमा आत्मनिर्भर बन्दै बागलुङका स्थानीयबासी

Golbheda

बागलुङ । गोलभेँडा उत्पादनमा जिल्ला नै आत्मनिर्भरोन्मुख बन्दै आएके छ । सुख्खा याममा ३० प्रतिशतबाहेक बाँकी माग यहीँको उत्पादनले थेगेको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार पुस, माघ, फागुन र चैतमा गोलभेँडा आयात गर्नुपर्ने अवस्था छ । अहिले वार्षिक ३ सय ५० टन गोलभेँडा उत्पादन हुने गरेको छ । व्यावसायिक गोलभेँडाखेतीमा किसानको आकर्षणले जिल्ला आत्मनिर्भरतातर्फ अघि बढेको छ ।

कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले भने ‘सुख्खा यामका चार महिनामा जिल्लाको उत्पादन ७० प्रतिशत छ, ३० प्रतिशत बाहिरबाट आउँछ’, ।

बाँकी ८ महिना जिल्लाकै उत्पादनले माग धान्छ । उत्पादनको तुलनामा कारोबार बढेर अहिले वार्षिक १ करोड ५० लाखसम्म पुगेको छ

 जिल्लामा २० वटा उच्च प्रविधियुक्त प्लास्टिक घर टनेल मा तथा करिब ७ सय सामान्य प्लास्टिक घर टनेलमा गोलभेँडा खेती भइरहेको छ ।

सडक सञ्जालको विस्तारले बजारसम्म पु¥याउन सहजता भएपछि गोलभेँडा खेती थप फस्टाएको हो । जिल्लाका बुर्तिबाङ, खरबाङ, हटिया, काँडेबास, नरेठाँटी, दुदिलाभाटी, बिहुँ, कुश्मीसेरा, बागलुङ नगरपालिका लगायतका क्षेत्रमा गोलभेँडा खेती बढी मात्रामा हुन्छ ।

‘गोलभेँडा खेती फस्टाउँदै गएको छ, केही समयपछि बाह्रैमास पुग्ने गरी उत्पादन बढ्छ’, अधिकारीले बताए । गत वर्षमात्रै कृषि कार्यालयमार्फत जिल्लाका २० किसानले गोलभेँडालगायतका तरकारी खेतीका लागि कृषि तथा व्यापार आयोजनाबाट १० लाखका दरले अनुदान पाएका थिए ।

अनुदान, सीप र उपकरण सहयोगले किसानलाई व्यावसायिक कृषिमा लाग्न उत्प्रेरित गरेको छ । विदेशबाट फर्केका युवा व्यावसायिक कृषिमा लागेका छन् ।

गोलभेँडा उत्पादन गर्न सके बजारको समस्या नहुने किसान बताउँछन् । गाउँगाउँमा उत्पादित गोलभेँडा सदरमुकामलगायतका बजारमा खपत हुन्छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग र कालीगण्डकी करिडोरजस्ता राष्ट्रिय गौरवका आयोजना जिल्लामा पर्ने हुँदा यहाँ उत्पादित कृषि उपजलाई बाहिरी जिल्लामा सहजै निर्यात गर्न सकिने अधिकृत अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...