सामाजिक स्वास्थ्य बीमा कार्यक्रम लोकप्रिय

Healthinsurance

पोखरा । कास्कीमा सामाजिक स्वास्थ्य बीमा कार्यक्रम लोकप्रिय बन्दै गएको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत सरकारद्वारा सञ्चालित बीमा कार्यक्रममा आजसम्म ४२ हजार ५ सय जनाले नाम दर्ता गरेका सामाजिक स्वास्थ्य बीमा सुरक्षा विकास समितिका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।

विसं २०७३ पुस १२ गतेबाट सञ्चालन भएको बीमा कार्यक्रमबाट २ करोड संकलन भएको छ भने १४ हजार ५ सय जनाले अस्पतालबाट सेवा लिएका छन् । अस्पतालबाट सेवाबापत सेवा प्रदायक संस्थालाई १ करोड २५ हजार भुक्तानी गरिएको छ ।

सेवा प्रदायक अस्पतालमा २ निजी र ८ सरकारी छन् । गण्डकी मेडिकल कलेज र मनिपाल शिक्षण अस्पताल निजी अस्पताल छन् भने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृ शिशु मितेरी अस्पताल तथा अर्मला, भेडाबारी, थुम्सीकोट र कृस्ती स्वास्थ्य चौकी रहेका छन् ।

स्वास्थ्य बीमा दर्ता गर्नेमा जिल्लाको कूल जनसंख्याको नौ प्रतिशत रहेका छन् । स्वास्थ्य बीमा दर्ता गर्नेको संख्या असार मसान्तसम्म २५ प्रतिशत पु¥याउने लक्ष्य रहेको भट्टराईले बताए ।

बीमा दर्ता प्रक्रिया नियमितरुपमा सञ्चालन भइरहेको छ भने दर्ता सहयोगीका रुपमा ११२ जनालाई खटाइएको छ । स्थानीय तहको नयाँ संरचनाअनुसार दर्ता सहयोगीको संख्या बढाएर १३० पु¥याइने उनले बताए । सरकारले निःशुल्क उपलब्ध गराउने भनिएको ५३० प्रकारका औषधिलाई वृद्धि गरी ९२८ पु¥याइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...