छुटेका भूकम्पपीडितको लगत संकलन जारी, १२ स्थानीयतहमा १६ इञ्जिनियर परिचालन

Vukampako lagat

नुवाकोट । भूकम्पका कारण आवास गुमाएका भूकम्पपीडितको लगत संकलन जारी, १२ स्थानीयतहमा १६ इञ्जिनियर परिचालनतर गरिएको छ ।

लाभग्राही सूचीमा समावेश नभएका भूकम्पपीडितको पुनःसर्वेक्षण तथा पुनःजाँच गर्न अहिले लगत संकलक टोली व्यस्त रहेको छ ।

प्रभावित क्षेत्रको घरघरमा नै संकलन टोली परिचालन भइरहेकाले छुट भएका भूकम्पपीडितलाई नाम दर्ता गराउन पुनःनिर्माण प्राधिकरण नुवाकोट कार्यालयले आग्रह गरेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला समन्वय समितिको सचिवालय नुवाकोटले लाभग्राही सूचीमा समावेश नभएका छुट पीडितलाई आफ्नो घरको लगत संकलन गराउन लगत संकलन टोलीसँग सम्पर्क राख्न निमित्त बेदप्रसाद गौडेलले आग्रह गरे ।

पुनःसर्वेक्षण र पुनःजाँचका लागि वडाध्यक्ष संयोजक रहेको वडास्तरीय गुनासो व्यवस्थापन समितिको नेतृत्वमा अन्तिम पटकका लागि घरघरमा नै पुगेर लगत संकलन भइरहेकाले घरबाहिर भएकालाई आफ्नो क्षति पुगेको घरको प्राविधिक टोलीमार्फत जाँच गराउन छुट पीडितलाई आह्वान गरेको छ ।

भूकम्पले आवास क्षति भएको र नयाँ घर बनाउन ३ लाख अनुदान पाउने लाभग्राही सूचीमा नाम नभएकाको गुनासो सम्बोधनका लागि पुनःजाँच र पुनःसर्वेक्षणका लागि पुनःनिर्माण प्राधिकरणको केन्द्रबाट यहाँका १२ वटा स्थानीयतहमा १६ जना इञ्जिनियर परिचालन भएका छन् । इञ्जिनियरलाई सामाजिक परिचालकले सहयोग पु¥याउँदै आएका छन् ।

संकलन टोलीले भूकम्पका कारण आवास गुमाएका तर आवास निर्माणका लागि लाभग्राही सूचीमा नाम नभएको भनी छुट गुनासो दर्ता गराएका देखि गुनासो नै नगरेका छुट पीडितको लगत संकलन दशैँपर्व अघि नै पूरा गर्ने लक्ष्य राखेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...