टिकट कालोबजारी गर्ने ३० पक्राउ

Lining for bus ticket 12

काठमाडौँ । चाडवाडको मौका छोपी बसको टिकट कालोबजारी गरी बिक्री गर्ने ३० जना पक्राउ परेका छन् । दसैंका लागि टिकट खुला भएको पहिलो दिनदेखि अहिलेसम्म ३० जना पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीको अनुगमनका क्रममा अनधिकृत रूपमा टिकट बिक्री गर्ने ३० जना पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी सर्वेन्द्र खनालले बताए । ट्राफिक प्रहरीले लामो दुरीका लागि टिकट बुकिङ खुला भएसँगै अनुगमन सुरु गरेको हो ।

डीआईजी खनालका अनुसार कालोबजारी गरी टिकट बिक्री गर्नेहरूलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर पठाइएको छ ।

कसैले बढी भाडा लिएर टिकट बिक्री गर्छ भने उनीहरूलाई कानुनी दायरामा ल्याइनेछ,’ डीआईजी खनालले भने ‘मौका आउने बित्तिकै बढी भाडा लिएर सर्वसाधारणलाई दुःख दिन पाइँदैन ।’

टिकट बिक्री अनुगमनका लागि सादा पोसाकका प्रहरी परिचालन भएको खनालले बताए । उनका अनुसार राजधानीका गोंगबु, कलंकी, नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, कोटेश्वरलगायतका टिकट काउन्टरमा प्रहरी खटिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...