तेस्रोचरण निर्वाचनमा ७७ प्रतिशत मतदान

मतदान

काठमाडौँ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र जेइओसी मा प्राप्त विवरणअनुसार सप्तरीमा ७६.४ प्रतिशत, सिरहामा ७७.४ प्रतिशत, धनुषामा ७३.७ प्रतिशत, महोत्तरीमा ७३.३ प्रतिशत, सर्लाहीमा ७६. ३ प्रतिशत, रौतहटमा ८०.४ प्रतिशत, बारामा ७९.४ प्रतिशत र पर्सामा ८०.१ प्रतिशत मतदान भएको छ ।

यसैबीच, १३६ स्थानीय तहमध्ये अहिले बिहान १० बजेसम्म ८९ स्थानीय तहमा मतगणना शुरु भइसकेको छ । बाँकी स्थानमा सम्बन्धित स्थानीय तहका राजनीतिक दलसँग समन्वय गरेर मतगणना शुरु गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस