आमाको अन्तिम संस्कार रोकि मतदान गरियो

Voting  3

गौशाला । स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि आमाको अन्तिम संस्कार समेत रोकियो ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ मा एक परिवारले सोमबार बिहान मृत्यु भएकी आमाको शव लार्ई यथावत राखी दिनभर निर्वाचन स्थलमा लाइनमा बसेर मंगलबार बिहान मात्र आमाको अन्तिम संस्कार गरेका छन् ।

जलेश्वर–६ बस्ने नरेश महरा र उनका १२ जनाको परिवारले भोट हाल्नकै लागि सोमबार मृत्यु बहन गरेकी आमाको अन्तिम संस्कार नगरेको स्थानीय गणेश साहले बताए ।

करिब २० वर्षपछि महापर्वकै रुपमा आएको स्थानीय तहको निर्वाचनमा भाग लिनैपर्छ भन्दै सोमबार बिहान उनकी ४९ वर्षीया आमा गेनो देवीको मृत्यु भएपनि उनी र उनका परिवारजनले सोमबार उनको अन्तिम संस्कार गरेनन् ।

आमाको मृत्युभएको अवस्थामा पनि नरेश र उनका परिवारका १२ जना सदस्यले सोमबार दिनभरि लाइन लागेर स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय धबौलीमा स्थानीय तहको निर्वाचनमा मतदान गरे ।

 

प्रतिकृया दिनुहोस