रौतहटको गमहरिया मतदान केन्द्रमा हवाइ फायर

सुरक्षाकर्मीमाथि जाइलागेपछि स्थिति नियन्त्रणमा लिन फायर गरियो : प्रहरी

Army election

रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकस्थित गमहरिया मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ।

उल्टो सुरक्षाकर्मीमाथि जाइलागेपछि त्यहाँ झडपको स्थिति भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाइ फायर गरेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताए।

दलका प्रतिनिधिले मतदातालाई भोट हाल्न सिकाएको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। विवाद बढ्दै गएपछि सुरक्षाकर्मीले सबै प्रतिनिधिलाई बाहिर जान आदेश दिए। तर उल्टो सुरक्षाकर्मीमाथि जाइलागेपछि त्यहाँ झडपको स्थिति भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाइ फायर गरेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले नागरिकन्युजलाई बताए।

प्रहरीको हवाइ फायरपछि भिड तितरबितर भएको थियो। घटनाको करिब १० मिनेटपछि फेरि दलका प्रतिनिधिलाई छलफलमा बोलाएर मतदान सुचारु गरिएको पोखरेलले जानारी दिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...