मतदाताको अपार सहभागिता

२० प्रतिशत मत खस्यो : निर्वाचन आयोग

Zzg

काठमाडौँ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत महोत्तरीको औरही नगरपालिकाकी ११६ वर्षीया सर्व्सियादेवी यादवले मतदान गरेकी छन् ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार बिहान नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालय कठुधार मतदान केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् ।

नगरपालिकास्थित लक्ष्मीपुर टोलस्थित गम्हरिया मतदान केन्द्रमा विदेशमा रहेका मुक्त रुल्लाह मियाँको नाममा त्यहाँ बस्ने १४ वर्षीय सबु महम्मद मियाँले भोट हाल्न गएकोमा मतदान अधिकृतले पहिचान गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

बाराको पचरौता नगरपालिका विसम्बरास्थित नेपाल राष्ट्रिय प्रावि मतदान केन्द्रमा सोही स्थानमा बस्ने एर्साद अहमदले आफ्ना दाजुको नाममा मतदान गर्न खोज्दा प्रहरीले पक्राउ गरेको निर्वाचन आयोगले जनाएको छ ।

मिथिला विहारी नगरपालिका वडा नं ३ मौर्याई पुल भत्केर आवतजावतमा कठिनाइ उत्पन्न भएकामा सशस्त्र प्रहरी बलले तत्कालै डाइभर्सनमार्फत यातायातका साधन मतदान केन्द्रसम्म जाने व्यवस्था मिलाएको छ ।

प्रदेश नं २ का आठ जिल्लाका एक सय ३६ स्थानीय तहको विभिन्न पदका लागि आज भएको निर्वाचनमा बिहानैदेखि मतदान केन्द्रमा मतदाताको अपार सहभागिता देखिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...