चाडपर्वलाई मध्यनजर गरि मापसे जाँचलाई कडाई गर्ने

Mapse dhae

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैँ, तिहार, छठलगायत चाडपर्वमा मादक पदार्थ सेवन मापसे जाँचलाई कडाइ गर्ने भएको छ ।

चाडपर्वको समयमा धेरै मानिस मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने गरेको भन्दै मापसेलाई कडाइ गर्न लागेको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले चाडपर्वमा धेरै मापसे सेवन गर्ने र लापबाहीपूर्वक सवारीसाधन चलाउने चालकका कारण ठूल्ठूला दुर्घटना हुनसक्ने कुरालाई दृष्टिगत गरी नियमित मापसे जाँच गर्ने व्यवस्था गरेको जानकारी दिए ।

यस्तै महाशाखाले सवारीसाधनले बढी भाडा लिने, क्षमता भन्दा बढी यात्रु हाल्ने, एकै सिटमा दोहोरो टिकट काटिदिने जस्ता अनियमितता रोक्न काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने नाकामा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ ।

महाशाखा प्रमुख खनालले सवारी चालकले सवारी नियम उलंघन गरी सवारी चलाएमा तत्काल ट्राफिक प्रहरी वा नागरिक सहायता कक्षको अधिकृतलाई सम्पर्क गर्न आग्रह समेत गरे ।

उपत्यकाको नयाँ बसपार्क, पुरानो बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, बल्खु, एयरपोर्ट, सुन्धारा, नागढुंगा, जोरपाटी, माछापोखरी, सातदोबाटोलगायतका मुख्य स्थानमा ट्राफिक महाशाखाले यातायात व्यवस्था विभागसँग मिलेर नागरिक सहायता कक्ष राखेको छ ।

महाशाखाले निषेधित गरिएका सवारी गतिविधिलाई नियन्त्रमा लिने र कानूनी कारबाही प्रक्रियालाई तीव्र बनाउने जनाएको छ ।

यसैगरी जनताको जनचेतनाका निम्ती एफएम रेडियो, मोबाइल एप्सको प्रयोगलाई तीव्रता दिनुका साथै ठाउँठाउँमा खटिने ट्राफिक प्रहरी जनशक्तिले यात्रु वर्गलाई आइपर्ने समस्याको बारेमा पूर्व सूचना दिने व्यवस्था मिलाएको छ ।

यस्तै यात्रु ठगिन गएमा वा मारमा परेमा तत्काल सूचना हासिल गर्ने र त्यस ठाउँमा खटिएको ट्राफिक प्रहरीले समस्याको समाधानमा सहयोग पु¥याउने महाशाखाले जनाएको छ ।

महाशाखाले सवारी साधनद्वारा हुने कुनैपनि नराम्रा गतिविधिलाई हुन नदिन र भएमा नियन्त्रण गर्नका निम्ति सम्बन्धित सबै निकायसँग समन्वय गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...