बीमा समितिले अत्याधुनिक भवन बनाउने

भवन डिजाइनका लागि इन्जिनियरिङ संस्थानसँग सम्झौंता

Bima logo a

काठमाडौं । बीमा समितिले अत्याधुनिक भवन बनाउने भएको छ । भवन निर्माणका लागि समितिले इन्जिनियरिङ अध्ययन संस्थानलाई कन्सल्टेन्सी नियुक्त गरेको छ ।

समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले भवन निर्माणको प्रारम्भिक अध्ययनका लागि संस्थानलाई कन्सल्टेन्सी नियुक्त गरेको बताए । संस्थानले १५ हप्ता सम्ममा आफ्नो प्रारम्भिक अध्ययन पेस गर्ने सम्झौंता भएको समितिका निर्देशक राजुरमण पौडेलले बताए ।

भवन निर्माणको लागि माटो परीक्षण तथा भवनको विस्तृत डिजाइन तयार पार्ने छ । संस्थानले भवनको अनुमानित लागत तथा टेन्डर सम्बन्धी कागजात निर्माणको तयारी र मुल्याङकन गर्नेछ ।

बीमा समितिले चालु आर्थिक बर्षमा भवन निर्माणको लागि ७८ करोड रुपैयाँ छुट्टाएको पौडेलले बताए । भवनमा दुई सय ५० जना भन्दा धेरै कर्मचारी अटाउने कोठा हुनेछ । भवनमा लाइब्रेरी, बैठक कोठा, सेमिनार हल भएको हुने छ ।

प्रतिकृया दिनुहोस