परराष्ट्रमन्त्री न्युयोर्क प्रस्थान

Parrast mntri

 

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिने क्रममा सोमबार साँझ संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । महासभामा भाग लिन तथा आवश्यक तयारीका लागि परराष्ट्र मन्त्री महरा त्यसतर्फ प्रस्थान गरेका हुन ।
उनले त्यहाँ रहँदा असंलग्न आन्दोलन, जि ७७ र चीन, अतिकम विकसित मुलुक र भूपरिवेष्टित मुलुकको मन्त्रिस्तरीय बैठकमा सहभागी हुनाका साथै सम्बोधनसमेत गर्नेछन् । उनले एसियाली सहयोग संवादको मन्त्रिस्तरीय बैठकमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

न्यूयोर्कमा रहँदा उपप्रधानमन्त्री महरा १९ सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछ भने सोही दिन अपराह्न राष्ट्र संघका महासचिव गुटेरेसद्धारा आयोजित दिवाभोजमा सहभागी हुने कार्यक्रम छ ।

उपप्रधानमन्त्री महरा राष्ट्रसंघको सुरक्षा परिषद्द्वारा आयोजित राष्ट्रसंघको शान्ति स्थापनामा सुधारसम्बन्धी उच्चस्तरीय खुला छलफल, राष्ट्र संघका महासचिवले आयोजना गर्ने यौन शोषण र दुव्र्यवहारबाट संरक्षण, दिगो विकासका लागि खानेपानी, मानव बेचबिखन, बालश्रम र बँधुवा मजदुरको अन्त्य विषयका उच्चस्तरीय बैठक तथा छलफलमा सहभागी हुनेछ ।

उपप्रधानमन्त्री महराले यस वर्ष जुलाइमा राष्ट्रसंघ सम्मेलनले स्वीकारेको परमाणु हतियार निषेधित सन्धिमा हस्ताक्षर गर्नेछन् ।

प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २८ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस