प्रदेश नं २ मा मतदान शुरु, मतदाताको उत्साहपूर्ण उपस्थिति

Election

काठमाडौँ । प्रदेश २ का आठ जिल्लामा स्थानीय तहको तेस्रो चरणअन्तर्गतको चुनावका ७ बजे देखि मतदान शुरु भएकाे छ । अधिकांस मतदान केन्द्रहरुमा मतदान कार्य शुरु भइसकेकाे निर्वाचान अायाेगले बताएकाे छ । 

नगरप्रमुख तथा गाउँपालिका अध्यक्षमा पुरुष १ हजार ७ सय ९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी छ । नगर उपप्रमुख वा उपाध्यक्षमा भने पुरुषभन्दा महिला उम्मेदवारको संख्या बढी छ । नगर उपप्रमुख र उपाध्यक्षमा १ सय ९७ जना पुरुष र ९ सय १९ जना महिला उम्मेदवार छन् । वडाध्यक्षमा पुरुष ८ हजार ५२ र महिला २ सय २३ जना उम्मेदवार छन् । निर्वाचन गराउन २ हजार १ सय ६६ मतदानस्थल र ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकिएका छन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५ सय कर्मचारी परिचालित छन् ।

प्रतिकृया दिनुहोस