धनुषामा एमाले–कांग्रेस कार्यकर्ताबीच झडप २ घाइते

Dhanusa jhadap

धनुषा । धनुषाको नगराईन नगरपालिका ८ अकौरामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा परि २ जना घाइते भएका छन् । झडपमा एमालेका स्थानीय २१ वर्षका इन्द्रकुमार पासवान र ४३ वर्षका अरविन्द्र पासवान घाइते भएका छ्न् । दुबै जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार राति करिब साढे ११ बजेको समयमा चुनावी विषयमा भएको विवादले उग्ररुप लिएपछि सो झडप भएको हो । घाइतेका अनुसार कांग्रेसका महेन्द्र यादव र काशिन्द्र यादवले कुटपिट गरेको आरोप छ ।

दुई पक्षबीच भएको उक्त झडपका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...