हाकिम होइन लिडर बन्नुहोस् : पूर्वमन्त्री ढकाल

Eaknath dhakal

काठमाडौं । सांसद तथा पूर्व मन्त्री एकनाथ ढकालले नेतृत्वको नयाँ ढाँचा बिषयक प्रबचन दिएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै ढकालले नेतृत्व पद नभई जिम्बेवारी भयको बताए । ढकालले भने काम गराइको ढाँचा परिबर्तन नगरे जसरि हामी यहाँ आइपुगौं त्यसरी नै अर्को गन्तव्यमा नपुग्न सक्छौं ।

ढकालले हृदयवादी, रुपान्तरित, दूरदर्शी, अध्यात्मिक, नैतिक, जिम्बेवार, निस्वार्थी र कुशल सच्चा नेतृत्वले मात्र समस्याको सहि समाधान गर्न सक्ने बताए ।

त्यसैगरी ढकालले धेरै सम्पति, शक्ति, लाखौ अनुयायीहरू र ठुलो पद वा अधिकार प्राप्त गर्नु नै नेतृत्व होइन होइन भन्दै धेरैलाई मार्गदर्शन गर्न सक्ने नमुना नेतृत्वको आबस्यक रहेको औंलाए ।

सत्यको मार्गदर्शन गर्नु, नैतिक वैधता हासिल गर्नु र सर्बोपरि हितका खातिर समर्पित हुनु सच्चा नेतृत्वका महत्वपुर्ण गुणहरु भयको उनले उल्लेख गरे ।

सहभागीहरुलाई ढकालले भने लिडर बन्नुहोस, हाकिम होइन । ढकालको प्रवचनको नेपाल टेलिभिजन र न्यूज २४ बाट प्रशारण हुदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...