गलत भए कारबाही भोग्न तयार छु : खड्का

Gopal bd khadka

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले आफूबाट केही गलत र अनियमितता भएको भए कारवाही भोग्न तयार भएको जनाएका छन् ।

खड्काले केही दिनअघि एक टेलिभिजनमा अन्तरवार्ता दिँदै भनेका छन् ‘ नियम र प्रक्रियाविपरीत मबाट केही पनि काम भएको छैन, काम गर्ने सन्दर्भमा गुनासा आउनु स्वभाविक हो तर कारणबिना आरोपमात्र लाउनु अव्यवहारिक हुन्छ ।’

तेल भण्डारण गर्न खरिद गरिएको जग्गामा अनियमितता भएको आरोप लागिरहेको बेला उनले सहजै जवाफ दिए ‘मैले मात्र एक्लै केही निर्णय गरेको होइन, यो एउटा संस्थाको प्रमुख जिम्मेवारी मात्र मैले निभाएको हो, टेण्डर गरेर जग्गा किनेका हौं, कहाँ कति मूल्य पर्छ भन्ने हामीलाई थाहा हुने कुरा भएन जुन सस्तो आयो त्यही किन्यौं ।’ खड्काले टेण्डरको प्रक्रिया गलत नभएको र कसको जग्गा हो भन्नेसमेत आफुलाई थाहा नभएको प्रष्ट पारे ।

खड्काले तेल भण्डारण भएपछि अभावलाई देखाएर तेल व्यापारीहरुले कालोबजारी गर्ने सम्भावना टरेकाले पनि आफ्नो राम्रो कामको विरोधमा झुटो प्रचार अभियान चलाएको दावी गरे । उनले राम्रा र जनताको पक्षमा गरिने अन्य विकास निर्माणका काममा पनि विरोध भएर कतिपय योजनाहरु अलपत्र पर्दा जनतालाई अन्याय भएको समेत उदाहरण दिए । ‘

सर्वसाधारणलाई कहिल्यै पनि इन्धन र ग्याँसको अभाव नहोस् भनेर म यो महान कार्य गरिरहेको छु, वास्तविकता नबुझी कसैले विरोध गर्छ भने मैले भन्नु केही छैन ’ खड्काले भने ‘ सत्यतथ्य छानबिन हुनुपरो, म दोषी भए कारवाही भोग्छु तर व्यक्तिगत द्धन्द्ध र आक्रोशले काम गर्नुभएन ।’

जग्गा खरिदमा भ्रष्टाचारमा मुछिएको चर्चा चलिरहेका बेला उनले प्राविधिक टोलीले सिफारिस गरेको जग्गा नै लिने निर्णय गरेको र जुनसुकै काममा पनि आधिकारिक कागजात भएको समेत प्रष्ट पारेका छन् ।

‘९ महिना भइसक्यो, यो प्रक्रिया अघि बढेको, किन अहिलेमात्र यस्ता प्रश्न उठेका छन्, पहिले किन आएन मलाई पनि अचम्म लागेको छ त्यसैले भन्न सकिन्छ कोही कतैबाट चलिरहेका छन्, उनीहरु वास्तविक लुकाएर भ्रमको मात्र व्यापार गर्छन् ’ खड्काले भने ‘ सरकारी जग्गा पाइएको भए राम्रो हुन्थ्यो त्यस्तो ठाउँ भेटिएन, वस्तिमा पनि भण्डारण गर्नु भएन जे गर्दा ठीक हुन्छ त्यस्तै काम गरेका हौं, के यो गलत भयो र ?’ उनले पछिल्लो समयमा जग्गाको मूल्य बढेको पनि हुनसक्ने तर्क गरे । उनले यति ठाउँमा जग्गा चाहिन्छ भनेर टेण्डर गरेपछि जग्गाधनीले जग्गाको मूल्य बढाउनु पनि अस्वभाविक नभएको तथ्य खुलाए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...