योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुहोस् : प्रधानसेनापति क्षत्री

Bangladesh army

काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले योग साधनाप्रति पूर्णरूपमा समर्पित हुन आग्रह गरे । पतञ्जलि योग पीठ समितिद्वारा सैनिक मुख्यालय जंगी अड्डामा सञ्चालित एकसाता अवधिको योग विज्ञान शिविरको आइतबार आयोजित समापन कार्यक्रममा उनले योगाभ्यासले मानसिक र शारीरिकरूपमा सन्तुष्टि ल्याउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानसेनापति क्षत्रीले भने ‘समाजमा एकाग्रह, सोच र चिन्तनमा कमी हुँदै आएका बेला योगाभ्यासको माध्यमबाट मन, मस्तिष्क र स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ, सुरक्षा निकायमा पनि योगाभ्यास क्रमशः विस्तार हुँदै गएको छ ।’

पतञ्जलि योग पीठ नेपालका संरक्षक पूर्व प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रबहादुर महतले योगले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान दिने धारणा व्यक्त गरे ।

पतञ्जलि योग पीठ नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्रले योगाभ्यासले मनोबल उच्च बनाउनाका साथै शारीरिक र मानसिक तनावबाट मानिसलाई छुटकार दिलाउन सहयोग पु¥याउँछ ।

उक्त शिविरमा नेपाली बलाधिकृत रथी बलदेवराज महत, रथी बृन्ददेखि सकलदर्जा, सैनिक परिवारजनसमेत गरी ४ सय जनाको सहभागिता रहेको थियो ।

शिविरमा योग र प्राणायमसम्बन्धी ज्ञान दिइएको थियो । योग शिविर बिहान ६ देखि ८ बजेसम्म दैनिकरूपमा सञ्चालन भएको नेपाली सेनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...