एनआरएनको अध्यक्षमा भट्टको उम्मेदवारी

Bhuban bhatta

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा संघका वर्तमान उपाध्यक्ष भवन भट्टले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

शनिबार पत्रकारसम्मेलन गरी भट्टले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्मा आफूलाई जिताउन सबैसँग आग्रह गरे । यसअघिको कार्यसमितिले ल्याएका राम्रा काममा निरन्तरता दिनका साथै वैदेशिक रोजगारी आपत्कालीन कोषलाई सदुपयोग गरी गैरआवासीय नेपाली संघमा आबद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गर्ने, महिला फोरमलाई सशक्त बनाउने, ‘स्टर्टअप फन्ड’को व्यवस्था गर्ने, स्मार्ट एनआरएन बनाउनेलगायतका नयाँ कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

एनआरएनलाई नेपालमा लगानी गर्ने वातावरण बनाउने, एनआरएनका समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने उनले बताए ।

आफू एनआरएनको स्थापना कालदेखि नै सक्रिय रहेको र यसको प्रभावकारिताका लागि आफूसँग धेरै राम्रा कार्यक्रम रहेकाले आफ्नो जित आवश्यक रहेको उनको भनाइ छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...