दैलेखमा मापदण्ड विपरित नगरपालिका घोषणा गर्दा समस्या

National level

दैलेख । नगरपालिका बनाउनका लागी विभिन्न पूर्र्वाधारहरु हुन जरुरी हुन्छ । जस्तै विधालय, कलेज, अस्पताल,खानेपानी, विजुलीबत्ती, सञ्चार, यातायात, सुरक्षाका लागी प्रहरी चौकी इत्यादी ।

यस्ता विकासका पुर्वाधारहरु नगरपालिका हुन अनिवार्य मापदण्ड हुन । तर नेपालमा पछिल्लो समयमा नगरपालिका बनाउने होडमा नगरपालिका हुन आवश्यक मापदण्ड नपुगेका ठाउलाई नगरपालिका बनाउदा अहिले समस्या थपिएका छन् ।

दैलेख जिल्लाका विभिन्न ११ वटा स्थानीय तहमध्ये चामुण्डा विन्द्रासैनी नगरपालिका पनि एक हो । जहाँ प्रहरीचौकी नभएपछि सुरक्षा दिन समस्या भएको छ । चामुण्डा विन्द्रासैनीनगरपालिकामा स्थानीय नागरिकको सुरक्षाका लागि यसअघि माथिल्लो कर्णाली आयोजनाको सुरक्षाको लागि पालेतडामा रहेको प्रहरी चौकीले सुरक्षा हेर्ने गरेको थियो । उक्त स्थानमा अहिले स्थानीय निकायको मुख्य केन्द्र बनेपछि झनै आवश्यकता खड्किएको छ ।

अहिले पालेतडाबाट सदरमुकामसम्म पुग्न चार घण्टा लाग्ने गर्दछ । अहिले नगरपालिका निर्माण भएको स्थानको मुख्य केन्द्र भन्दा निकै टाढा अपायकपर्ने स्थानमा प्रहरीचौकी रहेकोले समस्या भएको दैलेख प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रमुख सरोज पौड्यालले चामुण्डा बिन्द्रासैनी नगरपालिकाको लागि इलाका प्रहरीचौकी माग गरेर पठाएको बताए । जिल्लामा प्रहरी दरबन्दीसमेत अभाव भएको प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिए ।

जिल्लाभरका विभिन्न स्थानमा १६ वटा मात्र युनिट रहेका छन् । तीन सय ४१ जनाको दरबन्दी रहेको दैलेख प्रहरीमा हाल २७७ जना मात्र रहेको बताइएको छ ।

जिल्लाभर रहेका तीन लाख जनसंख्याको सुरक्षाको लागि प्रहरी संख्या धेरै न्यून भएकाले यसको व्यवस्थापनका लागि सरकारसँग बारम्बार माग गरेर सर्वदलीय बैठकमार्फत पठाइएको सांसद लक्ष्मी पोखरेलले बताइन ।

यो त एक उदाहरण मात्र हो । देशभर ७४४ स्थानिय तह रहेका छन । जसमा महानगरपालिका ६, उपमहानरपालिका १३,नगरपालिका २४६ र गाउपालिका ४८१ रहेका छन । सरकारले समयमै यसतर्फ गम्भिर भएर सोच्न जरुरी छ । सरोकारवाला सबैको ध्यान समयमै नपुगेमा समस्या अझै थपिने कुरालाई नकार्न सकिदैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...