डडेल्धुरामा डिप्रेसनका बिरामीको संख्या बढ्दै

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकले भन्छ, ‘९ सय ३८ नाघ्यो’

Depressio newsss

डडेल्धुरा । डडेल्धुरामा पछिल्लो समयमा मानसिक रोगीको संख्या बड्न थालेको छ । जिल्लामा डिप्रेसनका बिरामीहरु बढी रहेको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा मानसिक समस्याबाट ग्रसितहरुको संख्या पनि बढ्दै गएको छ । त्यसमा पनि डिप्रेसनबाट पीडित हुनेको संख्या दोब्बर छ । हाल डडेल्धुरामा ९ सय ३८ भन्दा बढी व्यक्तिहरु मानसिक रोगबाट ग्रसित भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका मानसिक स्वास्थ्य स्रोत व्यक्ति प्रेमबहादुर ऐरले जिल्लामा पछिल्लो समयमा स्वास्थ्य समस्याबाट ग्रसित हुनेको संख्या बढ्दै गएको बताउँछन् । उनले जिल्लामा मानसिक समस्याबाट ग्रसित हुनेको संख्या बढ्दै गएपछि मानसिक स्वास्थ्यका बिषयमा स्वास्थ्यकर्मीहरुलाई तालिम पनि दिइसकेको बताउँछन् ।

मनोविद तथा सिएमसी नेपालका राजेशकुमार झाका अनुसार हरेक पाँच जनामध्ये एक जनालाई मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ । यस्ता मानसिक समस्याबाट ग्रस्त भएकाहरुलाई उत्प्रेरणा आवश्यक हुने उनको भनाई छ ।

जिल्लामा मानसिक समस्याबाट ग्रसित हुनेका संख्या बढ्दै गएपछि मानसिक स्वास्थ्य समस्याबाट ग्रसित व्यक्ति तथा परिवारको सदस्यहरु मिलेर बनाइएको मानसिक स्वास्थ्य तथा स्वाबलम्बन समुह जिल्ला सञ्जाल (सिएमसी नेपाल) ले मानसिक स्वास्थ्यको विषयमा जनचेतना फैलाउने काम गर्दै आएको छ ।

मानसिक स्वास्थ्यको बिषयमा काम गर्दै आइरहेको सिएमसी नेपालको सहयोगमा जिल्लाका साविकका ६ गाविस जोगबुडा, आलिताल, बगरकोट, देवलदिव्यपुर, नवदुर्गा र अजयमेरुमा मानसिक स्वास्थ्य स्वालम्बन समुह जिल्ला सञ्जालले काम गरिरहेको छ ।

सञ्जालले जिल्लामा मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति तथा परिवारका सदस्यहरुलाई मानसिक स्वास्थ्यबारे जानकारी दिई स्वास्थ्य संस्थासम्म रेफर गर्ने काम गरिरहेको सञ्जालका अध्यक्ष तेजबहादुर ऐर बताउँछन् ।

यस्तो छ पाँच बुदे कार्ययोजना
मानसिक स्वास्थ्य तथा स्वावलम्वन समुह जिल्ला सञ्जाल डडेल्धुराको पहिलो साधारण सभाले पाँच बुदे कार्ययोजना पारित गरेको छ ।

‘स्वास्थ्य मन स्वास्थ्य शरीर’ भन्ने नाराका साथ सम्पन्न भएको पहिलो साधारण सभामा मानसिक स्वास्थ्य स्वावलम्वन समूहका २५ जना सदस्यहरुको सहभागिता थियो ।

शुक्रबार सञ्जालले जिल्लाको विभिन्न ठाउँमा छरिएर रहेको मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई संगठित बनाउने, स्थानीय स्तरका निकायसँगको समन्वयमा बजेट विनियोजन गर्न पहल गर्ने, मानसिक स्वास्थ्यसम्बन्धि जनचेतना समुदाय स्तरमा व्यापक बनाउने कार्ययोजना पारित गरेको छ ।

सो साधारणसभाले स्वास्थ्य व्यवस्थापन समितिमा सञ्जालको प्रतिनिधि राख्न पहल गर्ने, जिल्ला स्तरमा सरकारी निकायसँगको समन्वय गरी मानसिक स्वास्थ्यको औषधि उपचार व्यवस्था गर्न पहल गर्ने र मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई सदस्यता प्रदान गर्ने कार्ययोजना बनाएको छ ।

सो साधारणसभा उद्घाटनमा अमरगढी नगरपालिका प्रमुख विशेश्वरप्रसाद ओझाले मन र शरीर स्वस्थ्य नभएसम्म मानिसले केही गर्न नसक्ने बताए । उनले स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले स्वास्थ्य जीवन जिउन सिक्नुपर्ने बताए । उनले जिल्लामा विभिन्न खालको मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति भएकाले मानसिक स्वास्थ्यको कार्यक्रमका सवालमा अमरगढी नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...