ओभरलोड, भवरलोड नियन्त्रणमा कपिलवस्तुका ट्राफिक प्रहरीद्वारा व्यापक कडाई

News pic30

कपिलवस्तु । कपिलपस्तु जिल्लामा बिगत ६ र७ महिना देखिनै ओभरलोड तथा भवरलोड नियन्त्रण गरेको कपिलवस्तु ट्राफिक प्रहरीले हालका केही दिन यता खोलाजन्य ढुंगा, गिटि, वालुवा, औद्योगिक कच्चा पदार्थ क्लिंकर तथा भुस तथा परालका व्यवसायीहरुले अटेरी गरि ओभरलोड तथा भवरलोड गरि ओसारपसार गर्न थालेपछि त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई ट्राफिक प्रहरीले कारबाही थालनि गरेको छ ।

त्यस्ता सवारी साधनहरु कसैको एरियाबाट जान उम्कन नदिन जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुले आफ्ना मातहत इकाइलाई समेत कडा निर्देशन गरेको छ ।

आफ्नो सवारी साधनको क्षमता भन्दा अत्यधिक बढि सामान राखि ल्याउने नेपाली तथा भारतिय नम्बर प्लेटका सवारी साधनहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसींगेको हातामा राखी भार मिलान गरेपछि पुन : नियमानुसारको जरिवाना गरि छाडिने गरिएको छ । हालैका ३ दिन यता २० वटा भन्दा बढि सवारी साधनहरु कारबाहीमा परेका छन ।

सवारी साधनभन्दा धेरै बाहिर र माथिसम्म भारी बनाई ओसारपसार हुँदै आएको पराल तथा भुसका सवारी साधनहरु दिनको समयमा आवतजावत गर्दा सडकमा अन्य सवारी साधनलाई प्रत्यक्ष असर पर्ने भएको हुदा रातको समयमा सवारी चाप कम हुनुका साथै अन्य समस्या समेत कम हुने हुदा त्यस्ता सामानको ढुवानी गर्दा सकभर रातमै गर्न सम्बन्धित समिति, ब्यबसायीहरु र चालक समेतलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे, कपिलवस्तु का प्रहरी निरक्षक अमर बहादुर कार्कीले अनुरोध समेत गरेका छन ।

प्रतिकृया दिनुहोस