एमालेले हिमाल, पहाड र तराईका जनताको सम्मान गर्नुपर्छ : प्रधानमन्त्री देउवा
एमालेकै कारण संविधान संशोधन भएन
कलैया। प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको बताएका छन् । बाराको सदरमुकाम कलैयामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरिँदै उनले ढिलै भए पनि तराई–मधेशका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने दृढता व्यक्त गरे ।
नेपाली काँग्रेसका सभापतिसमेत रहेएका देउवाले एमाले पाटी मुलुकमा विखण्डन ल्याउन खोजेको कुरा मधेसका जनता बुझिसकेको बताउँदै मधेशी जनताको अधिकार प्रवद्र्धनका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै मतदातामा आग्रह गरे ।
पहाडवादको खोक्रो नारा दिएर मुलुकको विकास हुन सक्दैन्, उनले भने – 'एमालेले हिमाल, पहाड र तराईका जनताको सम्मान हुने काम गर्नुपर्दछ ।”
सभापति देउवाले काँग्रेस मधेसको भूमिबाट जन्मेको पार्टी भएकाले तराई– मधेसको रक्षा गर्ने दायित्व पनि काँग्रेसकै काँधमा आएको बताउँदै काँग्रेसले अन्तिम समयसम्म मधेसको अधिकारका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरे । दुई नम्बर प्रदेशमा नेपाली काँग्रेस पहिलो पार्टी हुने दाबी पनि उनले गरे ।
सम्बन्धित समाचार
आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...
आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि हुने
काठमाडौं । एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिव...
उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते
धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...
धनकुटाको नमस्ते झरना नजिकबाट ४२१ किलोग्राम गाँजा बरामद, कारमा सवार चालक फरार
धनकुटा । सशस्त्र प्रहरीले कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिकबाट...
२९ दिनको सडक आन्दोलनपछि टुंगियो आन्दोलन, सरकारसँग भयो ९ बुँदामा सहमति
काठमाडौं । सरकार र शिक्षक महासंघबीच २९ दिनपछि ९ बुँदामा सहमति भएको छ । सहमति अनुसार आगामी असार १५...
सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी
काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...
धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...
प्रतिकृया दिनुहोस