सुदुरपश्चिममा जग्गाको न्यून मूल्यांकनमा रोक

सरकारले विभिन्न क्षेत्रको जग्गाको मूल्यांकन बढायो

Karnali bridge

काठमाडौं । जग्गाको न्यून मूल्यांकन रोक्न सरकारले विभिन्न क्षेत्रको जग्गाको मूल्यांकन बढाएको छ । जग्गामा हुने राजस्व छली रोक्न सरकारले मूल्यांकन बढाएको हो ।

चालु आर्थिक वर्षमा मुलुकका विभिन्न स्थानको जग्गाको मूल्यांकन बढिसकेका छन् । 
सुदुरपश्चिममा समेत जग्गाको मूल्यांकन २५ प्रतिशतसम्म बढाइएको छ ।

सुदुरपश्चिमको केन्द्रमा रहेको कैलालीको मूल्यांकन सबैभन्दा बढी २५ प्रतिशत बढाइएको छ । सुदुरपश्चिममा सबैभन्दा महँगो जग्गा कैलालीकै बनेको छ । कैलालीमा सरकारी मूल्यांकनकै आधारमा कठ्ठाको ९५ लाख पुगेको छ ।

१:कैलालीमा २५ प्रतिशत बृद्धि, ९५ लाख कठ्ठा
कैलालीमा जग्गाको कारोबार धेरै भएका र शहरी पूर्वाधारहरु तयार भएको ठाउँमा २५ प्रतिशत सम्मले मूल्याङ्कन बढाएको कैलाली मालपोत कार्यालय धनगढीका प्रमुख मालपोत अधिकृत बिसनसिंह थापाले बताएका छन् ।

प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका धनगढीमा २५ प्रतिशतले जग्गाको मूल्याङ्कन बढाईएको छ । थापाले भन धनगढी बाहेक अत्तरिया र घोडाघोडी नगरपालिकामा पनि २५ प्रतिशतले मूल्याङ्कन बढाईएको छ ।

धनगढी उपमहानगरपालिकामा जग्गाको सरकारी मूल्य प्रति कठ्ठा ८५ लाख पुगेको छ । गतवर्षसम्म धनगढीको जग्गाको सर्वा्धिक मूल्य ७१ लाख प्रतिकठ्ठा थियो । धनगढी मूलसडकमा २० प्रतिशत सम्म मूल्य बढेपनि भित्री सडकहरुमा २५ प्रतिशत मूल्यबृद्धि भएको थापाले बताए ।

महेन्द्र राजमार्ग र महाकाली राजमार्ग एकअर्कामा काटिएको अत्तरियामा धनगढी भन्दा महँगो मूल्यांकन गरिएको छ । अत्तरियामा प्रतिकठ्ठा ९५ लाख रुपैयाँ सम्म मूल्यांकन गरिएको छ । घोडाघोडी नगरपालिकामा प्रति कठ्ठा ५० लाख रुपैयाँ सम्म मूल्यांकन गरिएको छ ।

लम्कीचुहा नगरपालिकामा राजमार्गसँग जोडिएका जग्गा ५५ लाख प्रतिकठ्ठा मूल्यांकन गरिएको छ । टीकापुर नगरपालिकाभित्र भने प्रतिकठ्ठा ४० लाख मात्रै मूल्यांकन गरिएको छ ।
खेतीयोग्य जमिन पनि कैलालीमा महंगिएको छ ।

धनगढी नगरपालिका भित्र बाटो नभएका जमिनको मूल्य प्रतिकठ्ठा तीन लाखसम्म कायम गरिएको छ । अन्यत्र पनि धेरै जसो ठाउँमा एक लाख देखि डेढ लाख रुपैयाँ सम्म बाटो नभएका जमिनको मूल्यांकन गरिएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएका जग्गाहरुको न्युनतम १५ लाख देखि ९५ लाखसम्म मूल्यांकन गरिएको छ । हुलाकी राजमार्गमा पनि प्रतिकठ्ठा १० लाखदेखि २२ लाखसम्म मूल्यांकन गरिएको छ ।

२:कञ्चनपुर १५ प्रतिशत वृद्धि, ८२ लाख कठ्ठा
कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा यो वर्ष १५ प्रतिशत भन्दा बढीले मूल्यांकन बढाईएको छ । गतवर्ष ७१ लाख प्रतिकठ्ठा रहेको महेन्द्रनगर बजारक्षेत्रमा यो बर्ष ८२ लाख प्रतिकठ्ठासम्म मूल्यांकन गरिएको छ । अन्य ठाउँमा भने सामान्य मूल्य बढाइएको छ ।

३:डोटी १० प्रतिशत बृद्धि, ८८ लाख रुपैयाँ रोपनी
डोटीको दिपायल र सिलगढी नगरपालिकामा पर्ने बजार क्षेत्रसँग जोडिएको मूलसडकको दायाँबायाँ प्रति रोपनी ८८ लाख मूल्यांकन गरिएको छ । सिलगढीमा बजार क्षेत्रभित्र पर्ने गोरेटोबाटो भएको ठाउँमा पनि प्रति रोपनी ६ लाख देखि १० लाख मूल्यांकन गरिएको छ । खेतमा भने साढे तीन लाखप्रति रोपनी मूल्यांकन गरिएको छ ।

अन्य गाउँरनगरपालिकामा भने बाटो र जग्गाको प्रकृति हेरेर प्रति रोपनी ५० हजार देखि चार लाखसम्म मूल्यांकन गरिएको डोटी मालपोतका प्रमुख मालपोत अधिकृत सुनिल कुमार जोशीले बताए ।

४:डडेल्धुरा १० प्रतिशत बृद्धि ८० लाख रुपैयाँ रोपनी
डडेल्धुरामा रोपनीको ८० लाखसम्म मूल्यांकन गरिएको छ । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकामा मूल सडकले छोएको जग्गाको मूल्यांकनप्रति रोपनी ८० लाखसम्म गरिएको डडेल्धुरा मालपोत कार्यलयका प्रमुख प्रेम माझीले बताए ।

अमरगढी नगरपालिकामा अधिकांश जग्गाको मूल्यांकन रोपनीको १० लाख रुपैयाँ भन्दा बढी गरिएको छ । मूलसडकबाट दुईसय मिटरभित्रको जग्गा रोपनीको २२ लाख मूल्यांकन गरिएको छ । अन्य ठाउँमा भने बाटो नभएको जग्गा रोपनीको ४० हजार देखि डेढलाख सम्म मूल्यांकन गरिएको छ ।

५:दार्चुला नगरमा २० र गाउँमा १० प्रतिशत बृद्धि, ५६ लाख रुपैयाँ रोपनी
दार्चुला सदरमुकाम महाकाली नगरपालिकामा बाटोसँग जोडिएका जग्गाहरु प्रति रोपनी चार लाख देखि ५६ लाखसम्म मूल्यांकन गरिएको छ ।

शैल्यशिखर नगरपालिकामा सडकसँग जोडिएका जग्गा रोपनीको छ लाखदेखि १५ लाखसम्म मूल्यांकन गरिएको मालपोत कार्यालय दार्चुलाका प्रमुख मालपोत अधिकृत अमरसिंह कुँवरले बताए ।

अन्य गाउँपालिकामा भने सडकसँग जोडिएका जग्गाहरु डेढ लाखदेखि सात लाख ५६ हजारसम्म मूल्यांकन गरिएको छ । खेतीयोग्य जमिनहरु भने रोपनीको २६ हजार देखि एक लाख २६ हजारसम्म मूल्यांकन गरिएको छ ।

६:बझाङ २० प्रतिशत बृद्धि, ५० लाख रुपैयाँ रोपनी
बझाङ सदरमुकाम जयपृथ्वी नगरपालिकामा २० प्रतिशत सम्म मूल्यांकन बढाईएको छ । गाउँपालिकामा भने १० प्रतिशत मात्रै मूल्यांकन बढेको बझाङ मालपोत कार्यालयका प्रमुख छविराज उपाध्यायले बताए ।

मूल्यांकन बढाएपछि बझाङ सदरमुकाममा रोपनीको ५० लाखसम्म पुगेको छ । अन्य गाउँ तथा नगरपालिकामा भने सदरमुकामको तुलनामा धेरै कम ५० हजार देखि डेढ लाख प्रतिरोपनी मूल्यांकन गरिएको उपाध्यायले बताए ।

७:बाजुरा १० प्रतिशत बृद्धि, २३ लाख रोपनी
बाजुरा सदरमुकाम मार्तडी बजारमा मूलसडकको दायाँबायाँ प्रतिरोपनी २३ लाख मूल्यांकन गरिएको छ । बुढीनन्दा नगरपालिकामा १० लाख प्रति रोपनी मूल्यांकन गरिएको छ ।

अन्य गाउँपालिकाका केन्द्रहरुमा भने प्रतिरोपनी ५० हजार देखि देखि डेढरदुई लाखसम्म मात्र कायम गरिएको बाजुरा मालपोत कार्यालयका प्रमुख हिरालाल गिरीले बताए ।

८:बैतडी २० लाख रुपैयाँ रोपनी
बैतडी सदरमुकाम दशरथचन्द नगरपालिकामा रोपनीको २० लाख मूल्यांकन गरिएको छ । पाटन नगरपालिकामा पनि २० लाख नै मूल्यांकन कायम गरिएको बैतडी मालपोत कार्यालयका प्रमुख गोविन्द लेखकले बताए ।

अन्य गाउँपालिकामा भने ५० देखि ६० हजारदेखि राम्रो खेतीयोग्य जमिन डेढलाख प्रतिरोपनी सम्म मूल्यांकन कायम गरिएको लेखकले बताए ।

९:अछाम १० प्रतिशत बृद्धि, १७ लाख रोपनी
अछाम सदरमुकाम मंगलसेनमा व्यावसायीक जग्गाको मूल्यांकन १७ लाख १७ हजार प्रतिरोपनी कायम गरिएको छ । बजार क्षेत्रभित्र पर्ने खेतीयोग्य जमिनको पनि १५ लाख ७१ हजार मूल्यांकन गरिएको अछाम मालपोत कार्यालयका प्रमुख कृष्ण बोहोराले बताए ।

खेतीयोग्य जमीन भने रोपनीको ४० हजार देखि एक लाख मूल्यांकन कायम गरिएको छ । साँफेबगर नगरपालिकामा प्रति रोपनी व्यावसायीक तर्फ १३ लाख ५३ हजार र कृषि तर्फ १२ लाख मूल्यांकन गरिएको छ ।

अन्य गाउँपालिकामा प्रकृति हेरेर ३० हजार देखि तीन लाख प्रतिरोपनीसम्म कायम गरिएको छ ।यो

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...