टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

Acedent

कपिलवस्तु । कपिलवस्तुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार एकजनाको मृत्यु भएको छ ।

पूर्व—पश्चिम महेन्द्र राजमार्गको बुद्धभूमि नगरपालिका–२ बडहरामा पूर्वबाट पश्चिम जाँदै गरेको लु २ ख ११३१ नंको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प ८६०६ नं मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दाङ जिल्ला साविक गोवरडिया–८ बस्ने वर्ष ३८ का भक्ति चौधरीको मृत्यु भएको हो

टिपरको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय, गोरुसिंगेका प्रहरी नायब निरीक्षक थमन खत्रीले जानकारी दिए । ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...