प्रहरी द्धारा ७ सय रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट

Gaja nasta

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–१ ओखरेनीमा खेती गरिएको ७ सय रोपनी क्षेत्रफलको गाँजा महानगरीय प्रहरी वृत बौद्धले नष्ट गरेको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा खेती गरिएको गाँजा व्यावसायिक रुपमा पनि उपयोग हुनसक्ने देखिएकाले बिहीबार नष्ट गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक अच्युतम पुडासैनीले बताए ।

निकुञ्जसँग जोडिएको सो ठाउँमा करिब २ हजार रोपनी क्षेत्रमा गाँजा खेती गरिएको उनले बताए । बाँकी १ हजार ३ सय रोपनी क्षेत्रफलको गाँजा पनि यसै हप्ता नष्ट गर्ने तयारी भएको वृत्तले जनाएको छ ।

प्रतिकृया दिनुहोस