भुटानमा शुरु अन्तर्राष्ट्रिय मेलामा १ सय २ नेपाली स्टल

Vuta mela

भुटान, थिम्पु । भुटानको थिम्पुस्थित चाङलिङमिथाङ मैदानमा विहीबार शुरु सातौं अन्तर्राष्ट्रिय मेलामा नेपालका तर्फबाट १ सय २ वटा स्टलहरु राखिएको छ । मेलामा नेपालसँगै भारत, भुटान, थाईल्याण्ड गरी ४ देशका २ सय ३४ वटा स्टलहरु राखिएको छ ।

ललितपुर उद्योग वाणिज्य संघ भुटान उद्योग बाणिज्य संघबीच सम्झौता भएको २००९ देखि नेपाली व्यवसायीहरुले हरेक वर्ष हुने मेलामा सहभागी जनाउँदै आएका छन् । हालसम्म पनि अन्य नेपाली वस्तुको भारतीय वस्तुसंँग प्रतिस्पर्धा रहे पनि धातुकलाको वस्तुमा भने नेपाली एकछत्र रहेको पाइन्छ ।

भुटान उद्योग बाणिज्य संघले आयोजना गरेको सो मेलामा नेपालको तर्फबाट विशेषत मूर्तिकला सँगै थांका कार्पेट, पश्मिना र पूजा तथा धार्मिक महत्वका विविध सामाग्रीहरु राखिएका छन् । सो मेलामा नेपालका नेवारीलगायत खाना परिकारहरुको राखिएको छ ।

पुस्तौदेखि मूर्तिकलाको काम गर्दै आएका ललितपुरको लुभू, नागबहाल, ओकुबहाल हःखा भिच्छेबहाल लगायत क्षेत्रका करिब ३ सय जना कालिगढ, हस्तकला व्यवसायी, व्यवसायीहरु एकल र संयुक्त रुपमा स्टल राखिएको छ ।

सो मेलाको उद्घाटन भुटानका अर्थमन्त्री नाम्गे दोर्जीले गरेका थिए । भुटानका अर्थमन्त्री नाम्गेले मेलाले छिमेकी मुलुकहरुसँग औद्योगिक सम्बन्धसँगै भुटानमा लगानीको सम्भावना बढाएको बताए ।

भुटान उद्योग बाणिज्य संघका महासचिव फूप छिरिङले नेपाल र भुटानको बाणिज्य संघ बीचको सम्बन्धमा विशेष जोड दिए । ‘दुई देशबीचको कला संस्कृति, बुद्ध धर्मको अत्याधिक प्रभाव, भाषा, रहनसहन, भौगोलिक अवस्थामा समानता रहेका कारण त्यहाँका हस्तकला, मूर्तिबाहेक धार्मिक तथा पूजा सामाग्रीको पनि भूटानमा माग बढ्दो छ’ उनले भने, ‘अन्य देशहरुझैं दुइ देशबीचको वाणिज्य संघ बीचको आत्मियता पनि प्रगाढ छ र यो मेलाले अझ प्रगाण बनाउने छ ।’

मेलामा सहभागी मिलुश्री आर्टस्का योमेश डंगालले ६ ईन्चदेखि ठूला साईजका महायानी बौद्ध धर्मँंग सम्बन्धित मूर्तिकलाहरुको स्टल राखेका छन् । नेपालको हस्तकला सामग्री निर्यातका लागि भुटानमा राम्रो सम्भावना रहेको मानिन्छ ।

मेलामा आउने विदेशी तथा स्वदेशीहरु बढ्ने क्रम जारी छ । मेलाको अपेक्षाकृत व्यापार हुने विश्वास आयोजकको छ । प्रत्येक वर्ष औद्योगिक मेलामा नेपालीहरुको पहुँच सहज बन्दै गइरहेको अध्यक्ष सविन श्रेष्ठ बताए । ‘यस पटकको मेलामा पनि करिब १० करोड हाराहारीको कारोबार अपेक्षा गरेका छौं’ अध्यक्ष श्रेष्ठले भने ।

ललितपुर उद्योग बाणिज्य संघका महासचिव भरतलाल जोशीले दुई देशका व्यवसायीहरु बीचको सम्बन्ध अझ सुमधुर बनाउन संघको अग्रसरमा हरेक वर्ष झै विहीबार नै नेपाल नेपाल डे विशेष रुपमा मनाएको बताए । सो मेला असोज २ गते सोमबारसम्म चल्ने छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...