१५ श्रमिक बालबालिकाको पुनर्स्थापना

तुलसीपुर । विभिन्न संघ संस्थाको पहलमा दाङका १५ जना बालबालिकालाई उद्धार गरी उनीहरुका परिवारलाई बुझाइएको छ ।

होटल, घरेलु, ग्रिल उद्योग लगायतका श्रममा संलग्न रहेका ११ देखि १४ वर्षसम्मका १५ जना बालबालिकालाई परिवारमा पुनस्थापना गरिएको हो ।

यसरी पुनस्र्थापना गरिएका १५ जनामध्ये ग्रिल उद्योगमा कार्यरत ४, घरेलु, यातायात र इट्टाभट्टामा कार्यरत ३÷३ जना र कृषि क्षेत्रमा कार्यरत २ जना छन् ।

परिवारमा पुनस्र्थापना गरिएका बालबालिकालाई २ जोर विद्यालय पोसाक, झोला, कापी, कलमसहित ४ हजार बराबरको शैक्षिक सामग्री र परिवारलाई आयआर्जनका लागि नगद १६ हजार ५ सय रुपैयाँ प्रदान गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका र युनिसेफको सहयोगमा नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्यु सिपीसी) तुलसीपुरद्धारा सञ्चालित बाल श्रम तथा बाल संरक्षण कार्यक्रमअन्र्तगत श्रमिक बालबालिकालाई परिवारमा पुनस्थापना गरिएको हो ।

राष्ट्रिय बाल दिवसका अवसरमा १५ जना बालबालिकालाई विशीबार परिवारमा पुनस्र्थापना गरिएको र अरु १५ जना बाल श्रमिकको पनि पहिचान भएकाले उनीहलाई पनि परिवारमा पुनस्र्थापना गरिने न्यु सिपीसीका सञ्चार संयोजक नारायण भण्डारीले बताए । परिवारमा पुनस्र्थापना गरिएका बालबालिकालाई विद्यालय भर्ना गराइने छ । परिबारलाई दिइएको १६ हजार ५ सय रुपैयाँले बालबालिकाको परिवारलाई कुनै व्यवसाय सुरु गर्न सहयोग पुग्ने र सो व्यवसायबाट परिवारको र बालबालिकाको पढाई खर्च जुटाउन सहज हुने तुलसीपुर उपमहानगरपालिकाका समाज कल्याण अधिकृत टोपबहादुर डाँगीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...