पूर्वी पहाडी क्षेत्रको सडक निर्माणलाई उच्च प्राथमिक्तामा : राज्य मन्त्री गुरुङ

Dkt news 29

धनकुटा । भौतिक पूर्वाधार तथा यातायत मन्त्री सिता गुरुङले पूर्वी पहाडी क्षेत्रका सडकहरुको निर्माणलाई उच्च प्राथमक्ता दिने बताएकी छन् ।

विहीबार नेपाली कांग्रेस धनकुटाद्धारा आयोजित कार्यकर्ता भेलामा राज्यमन्त्री विकासको पूर्वाधार नै सडक भएकाले सडक निर्माणलाई वर्तमान सरकारले उच्च प्राथमित्ता दिएको बताइन् । उनले संविधानको कार्यन्वयन गर्न तोकिएको समयमा नै संघ र प्रदेशको निर्वाचन हुने दावी गरिन् । उनले सबै कार्यकताएलाई निर्वाचनमा मन, तन र ज्यानले लाग्न आग्रह गरिन् ।

सो अवसरमा सासंद तथा नेपाली कांग्रेस धनकुटाका निर्वतमान सभापति मनोहरनारायण श्रेष्ठले सडक निर्माणले बिकासको ढोका खोल्ने बताए । उनले पूर्वी पहाडी जिल्ला सगम जस्तो देखिए पनि सडकको दुर्दशा दर्दनाक भएको बताए ।

नेपाली कांग्रेस धनकुटाका उपसभापति ननिव किशोर शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव विजय सन्तोषी राई, पूर्व सासद लिला सुब्बा लगायतले धनकुटाको सातवटै तहको विभिन्न सडकहरुको निर्माण गर्न थप बजेट बिनियोजन गरी दिन आग्रह गरेका थिए ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु सिता प्रधान, विष्णु पौडेल, अम्विका परियार, महाधिवेशन प्रतिनिधि सुमना तिम्सिना, नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्बिका धमला, सहसचिव जानुका सुन्दास, पूर्व सचिव जयन्ती राई, धनकुटा नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष धनबहादुर राई, वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ लगायतले राज्य मन्त्री सिता गुरुङलाई खादा तथा माला लगाई सम्मान गर्दै स्वागत गरेका थिए ।

भौतिक पूर्वाधार तथा यातायत मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सिता गुरुङले विहीबार सांसद मनोहर नारायण श्रेष्ठको सांसद विकास कार्यक्रमबाट धनकुटामा संचालन भइरहेको कम्प्युटर प्रविधिबाट सुईटर बुनाई तालिम, सिलाई कटाई तालिम र कम्प्युटर तालिमको समेत निरिक्षण गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...