नेपाल एपीएफ स्कूलद्वारा अभिभावक दिवस तथा बाल दिवसको विविध कार्यक्रम गरि मनाइयो

Bal dibas 2999

काठमाडौं । नेपाल एपीएफ स्कूल कीर्तिपुरले भदौ २९ गते अभिभावक दिवस तथा बाल दिवसको विविध कार्यक्रमको आयोजना गरि मनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित एपीएफ क्लबमा सकार्यक्रम गरिएको हो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शाहीले शिक्षाको महत्वलाई बुझेर स्तरीय र गुणस्तरयुक्त शिक्षा प्रदान गर्नेतर्फ सदैब अग्रसर रहनुपर्ने बताए ।

आजका बालबालिका भोलीका सम्मानित व्यक्तित्व र समृद्व राष्ट्र निर्माणका असल नागरीक हुन् भन्नुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शाहीले शिक्षाको माध्यमबाट आफ्ना सन्ततीको उज्ज्वल भविष्य बनाउनेतर्फ ध्यान पु¥याउनु पर्ने उल्लेख गरे ।

उनले नेपाल एपीएफ स्कूल आजको अवस्थासम्म आइपुग्नुमा संगठनका अग्रजहरु एवं विद्यालय परिवार, अभिभावक, सहयोगी र सशस्त्र प्रहरी बल नेपालको महत्वपूर्ण योगदान रहेको कुरा चर्चा गर्नुहुँदै विभिन्न बाधा र कालखण्डहरु पार गर्दै संगठनको अथक प्रयासमा स्थापित एपीएफ स्कूल एउटा उत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाउन सफल रहेको बताए ।

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापन गर्नुहुँदै अहिलेको प्रतिस्पर्धी अवस्थालाई मध्यनजर राख्दै समयसापेक्ष ढंगबाट शिक्षा प्रदान गरिरहेको एपीएफ स्कूललाई परिस्कृत एवं सु–संस्कारयुक्त विद्यालयको रुपमा अगाडी बढाउदै लगिने उल्लेख गरे ।

बालबालिकालाई घरैबाट असल संस्कार र उचित वातावरण दिनुपर्ने बतादै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले विद्यार्थीको मनोविज्ञान बुझेर अध्यापन गराउन जरुरी रहनुको साथै विद्यार्थीहरुले पनि आफूप्रति शिक्षक र अभिभावकले गरेको त्याग, मेहनत र समर्पणलाई मनन गरी अगाडी बढेमा लक्ष्य प्राप्ति सहज बन्ने कुरा चर्चा गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ववितालाभ कायस्थले स्वागत मन्तव्य व्यक्त गर्नुहँुदै नेपाल एपीएफ स्कूलले शैक्षिक कार्यक्रम तथा अन्य विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको चर्चा गर्दै सशस्त्र प्रहरी बल नेपाल, शिक्षक, विद्यार्थी, अभिभावक लगायत सबैको प्रयासमा स्कूलले आगामी शैक्षिक सत्रहरुमा समेत अझै राम्रो परिणाम प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

त्यसअवसरमा उक्त विद्यालयको आन्तरिक तथा बाह्य अतिरिक्त क्रियाकलाप एवं गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्रछात्राहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।

बाल दिवसको अवसर पारेर आयोजित सो कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघले करीव ८० हजार रुपैयाँ बराबरको रिफ्रिजेरेटर तथा हार्मोनियम सो स्कूललाई प्रदान गरेको छ ।

उक्त सामाग्री संघकी उपाध्यक्ष श्रीमती दिपा पौडेलले विद्यालयका प्रधानाध्यापक ववितालाभ कायस्थलाई सोही अवसरमा हस्तान्तरण गरे ।

कार्यक्रममा स्कूलका छात्रछात्राहरुले गायन, नृत्य, नाटक लगायतका विभिन्न सांगीतिक प्रस्तुतीका साथै आफुमा निहित विशेष प्रतिभाव प्रदर्शन समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस