ग्रामीणस्तरमै पशु उपचार सेवा दिइने : पशुपक्षी राज्यमन्त्री

Bannerstate

धुञ्चे । पशुपक्षी विकास राज्यमन्त्री गोमा कुँवरले पशुलाई ग्रामीणस्तरमै एथेष्ट उपचार सेवा दिन गृहकार्य थालिएको बताए ।

रसुवाका किसानको जीवनस्तर उठाउन लागू भएको हिमाली परियोजनाअन्तर्गत भएका कामको स्थलगत निरीक्षणका लागि रसुवा पुगेकी मन्त्री कुँवरले कुराकानी गर्दै पशु उपचारका लागि प्रत्येक गाउँपालिकामा ल्याबसहितको उपकरण र यथेष्ट प्राविधिक व्यवस्थापन गरी सेवा दिन आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग पत्राचार भइरहेको बताए ।

उनले हिमाली परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत ठूलो भारको र ट्राउट माछा तथा बाख्रापालन क्षेत्रको स्थलगत निरीक्षण गरी परियोजनाको लगानी र किसानको मिहेनत समेतको प्रशंसा गर्दै सबै किसानलाई मिहेनती बनाउने जागरण ल्याउनुपर्ने बताए ।

रसुवा र केरुङका अधिकारीबीच सम्पन्न सीमा बैठकमा व्यापारिक कारोबारको चापलाई दृष्टिगत गर्दै रसुवागढीबाट केरुङको पाङसिङका लागि दैनिक १ सय देखि १ सय २० सम्म नेपाली ट्रक कन्टेनर छोड्ने चिनियाँ अधिकारीले सहमति जनाएको र बिहिबार बिहानैदेखि सहमति कार्यान्वयन हुन थालेको रसुवाका प्रजिअ हिरादेवी पौडेलले बताए ।

यसअघिका प्रशासकले पटक पटक आग्रह गरे पनि दैनिक ५० वटा मात्र ट्रक कन्टेनर छोड्ने गरेको अवस्थामा बर्सातको समय विद्यमान रहेको र नेपाल तर्फको सडक साँघुरो भएका कारण दुई देशको सीमा बैठकमा आफूले विशेष पहल गरेको बताउँदै प्रजिअ पौडेलले अबका दिनमा नेपाली ट्रक कन्टेनरले सडक किनारामा पार्किङ गर्ने समस्या क्रमश हट्दै जाने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...