दैनिक छ हजार सार्वजनिक सवारीसाधनले दशैँमा सेवा दिने

Return hometown

काठमाडौँ । नेपालीको महान् पर्व बडादशैँको अवसरमा दैनिक छ हजार सार्वजनिक यातायातले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउने भएका छन् । 

दशैँको समयमा धेरै मानिस चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक छ हजारभन्दा धेरै सवारीसाधनले सेवा दिन लागेको हो । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी सार्वजनिक नं। प्लेटका सवारीसाधन थपगर्ने गरेपनि यो वर्ष भने कुनै नयाँ बस थप भएको छैन ।

महासचिव सरोज सिटौलाले बैंकको महँगो ब्याज र बाटोको दूरवस्थाका कारण नयाँ बस थप गर्न नसकेको जानकारी दिए । महासंघले गत वर्षमात्र ठूलो संख्यामा सार्वजनिक यातायात थप गरेको थियो । यसका अलावा दशैँमा पर्यटकीय बस, निजी सवारीसाधनमा समेत यात्रु घर जानेछन् ।

यो वर्षमात्र २०–२१ लाख मानिस दशैँ मनाउनका लागि घर जाने यातायात व्यवस्था विभागको अनुमान रहेको छ । विभागका प्रवक्ता डा।टोकराज पाण्डे १५–१६ लाख मानिस सार्वजनिक सवारीसाधनमा तथा पाँच छ लाख मानिस निजी सवारीसाधनमा घर जाने बताए ।

नयाँ बसपार्क, गौशाला, कोटेश्वर, पुरानोबसपार्क, कलंकीलगायतका स्थानबाट लामो तथा छोटो दूरीका सवारीसाधन छुट्छ । दशैँलाई लक्षित गरेर सरकारले यही भदौ २७ गतेदेखि लामो तथा मझौला रुटको टिकट बुकिङ खुला गरिसकेको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल दशैँको समयमा उपत्यका भित्रिने तथा बाहिरिने चारवटा नाकाबाट दैनिक एक लाखभन्दा बढी मानिस बाहिरिने बताए ।

महाशाखा, विभागलगायत विभिन्न संघ संस्थाको सहयोगमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्षसमेत स्थापना भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...