निर्वाचनमा मानवअधिकार उल्लंघन हुन नदिन आयोगको आग्रह

Human right

सप्तरी । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ मा हुन लागेको स्थानीय निर्वाचनमा मानवअधिकारको उल्लंघन हुन नदिन सबैलाई आग्रह गरेका छन् । 

राष्ट्रिय मानवअधिकार आयोगद्वारा बुधबार साँझ राजविराजमा स्थानीय प्रशासन निर्वाचनका पदाधिकारी र सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा उनले निर्वाचनमा मतदाताको सुरक्षा, मतपेटिका सुरक्षा र दलका नेता कार्यकर्ताको सुरक्षाका साथै निर्वाचन आचारसंहिताको पालना हुनुपर्नेतर्फ स्थानीय प्रशासन लाग्नुपर्ने बताए । 

साथै, उनले राजनीतिक दलहरुबीच द्वन्द्व हुन नदिन र आपराधिक क्रियाकलाप रोक्नका लागि सबैलाई आग्रह गर्नुभयो । सोही कार्यक्रममा सप्तरीका मुख्य निर्वाचन अधिकृत शम्भु कोइरालाले सप्तरी जिल्लाको स्थिति समग्ररुपमा राम्रो रहेको र र राजनीतिक दल र प्रशासन र कर्मचारीबाट सहयोग भइरहेको जानकारी दिए । 

सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले सप्तरीमा निर्वाचनको अवस्था शान्तिपूर्ण रहेको र जनता पनि अत्यन्त उत्साहित भएको बताउँदै कुने आपराधिक घटना हुन नदिन सुरक्षा निकाय गम्भीरतापूर्वक लागेको बताए। 

निर्वाचन आयोगबाट सप्तरीमा अनुगमनमा खटिएका सहसचिवद्वय रविराज रेग्मी र छवीन्द्र पराजुलीले सप्तरीमा छिटफुट घटनाबाहेक निर्वाचन आचारसंहिता उल्लंघन नभएको र सप्तरीको निर्वाचन र मतदान केन्द्रको अवस्थाबारे अनुगमन भइरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...